Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो स्टेसनमा आक्रमण

Published on 1:51:00 PM //


प्राविधिक र कार्यक्रम सञ्चालक कुटिए


यज्ञमूर्ति तिमिल्सिना

सामुदायिक रेडियो अर्घाखांची एफ एम १०५ थोप्लो ८ को कार्यालय तथा रेडियोमा कार्यरत पत्रकारहरूमाथि एक समूहले आक्रमण गरेको छ। शनिबार राति १० बजेतिर रेडियोका प्राविधिक विष्णु खनाल, प्रस्तोता विष्णु विलासलाई बाटोमा हिडिरहेकै बेला हातपात गरेका थिए।

त्यसको केही समयपछि पुनः उनीहरूले रेडियो स्टेसनमै पुगी रेडियोका स्टेसन म्यानेजरमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। उनीहरूले प्रहरीकै अगाडि स्टेसन म्यानेजर विष्णुप्रसाद आचार्यमाथि हातपात गरेका थिए।
आक्रमणकारी मध्येका रोशन भुसाल, प्रमोद बीसी, अशोका सुनार र तिलक हितङ्गालाई प्रहरीले पक्राउ गरेको छ।
घटनामा संलग्नहरूको कारवाहीको माग गर्दै ब्रोडकास्टिङ्ग एशोसिएन अफ नेपालका अध्यक्ष विष्णुहरी ढकाल, नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष नीम बहादुर रिजाल, क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष शोभाखर पन्थी, प्रेस चौतारी नेपाल अर्घाखाँची शाखाका अध्यक्ष प्रेमनारायण गरै, प्रगतिशिल पत्रकार संघ नेपाल अर्घाखाँचीका सचिव इन्द्रमणि भुसाल, नेपाल राष्ट्रिय स्वतन्त्र भू.पू. सैनिक मञ्च अर्घाखाँचीका अध्यक्ष सुवेदार के.एल.शर्मा र रेडियो अर्घाखाँचीका स्टेशन म्यानेजर बिष्णुप्रसाद आचार्यले प्रेस विज्ञप्ति जारी गरेका छन्।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग