Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एउटै श्रीमान् दर्ुइ जनाले बाँढे

Published on 7:08:00 PM //

दर्ुइ जना चिनियाँ महिला त्यतिबेला चकित परे, जब उनीहरुले एउटै व्यक्तिसँग बिहे गरेको निकै पछि मात्र चाल पाए । यी दुवै महिला एउटै फ्याक्ट्रीमा काम गरिरहेका छन् ।
झेङझोउ प्रान्तका ४२ वषर्ीय कर्ुइ बिनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई एकै साथ दर्ुइ बिवाह गरेको आरोपमा तीन महिनाका लागि जेल सजाय पनि तोकिएको छ । दाहे दैनिक पत्रिकाले जनाएअनुसार, कर्ुइले हालै मात्र दोश्रो बिहे गरेका हुन् । उनकी पहिलो श्रीमती झाङ दानदानबाट एउटी छोरी पनि जन्मिएकी छिन् तर छोरी जन्मिएकोमा उनी सन्तुष्ट चाहिँ थिएनन् । छोराका लागि उनले दोश्रो बिवाह गरेको प्रहरीसँग स्वीकार गरेका छन् ।
"मलाई छोरा ज्यादै मन पर्ने तर सरकारी नियम अनुसार एउटा परिवारले एउटै मात्र सन्तान जन्माउन पाउने हुनाले मैले लुकीचोरी बिहे गरेको थिएँ", प्रहरीसँग उनले बताएको उल्लेख गर्दै पत्रिकाले जनाएको छ । दोश्रो श्रीमतीसँग बिहे गरेपछि दुवैतिर समय बाँढ्दा दुवैतिर ढाँट्ने गर्थे । तर कर्ुइको दर्ुभाग्य के भइदियो भने उनकी पहिलो श्रीमती झाङ र दोश्री श्रीमती वाङ एउटै कार्यालयमा काम गर्दा रहेछन् । काम गर्दै जाँदा ज्यादै गहिरो मित्रता गाँसिएका दुवै प्रायः रेष्टुराँ पनि जाने गर्दारहेछन् । तर उनीहरुले सपनामा पनि सोचेका थिएनन्, दुवैको श्रीमान् एउटै हो ।
वाङलाई उनकी सौताको श्रीमान् टाढा काम गर्ने पति छन्, जो सातामा केही दिन मात्र घर आउँछन् । अनि यता झाङलाई चाहिँ वाङले भर्खरै बिहे गरेकी छिन् र उनलाई श्रीमानले घरमा लैजान पनि भ्याएका छैनन् । यो रहस्य कसरी खुल्यो भने जेठी श्रीमती वाङले आफ्ना श्रीमानको गतिविधि शंकास्पद पाइन् । पटक-पटक क्षमा मागेको सुनेपछि कसलाई तिनले फोन गर्दारहेछन् भनेर पुनः डायल गर्दा उताको जुन आवाज उनले सुनिन्, त्यसमाथि उनले विश्वास नै गर्न सकिनन् ।
"मैले जब कल ब्याक गरेँ र उनको आवाजलाई चिनेँ, उनले त्यतिबेला कर्ुइको श्रीमती भनेर जवाफ दिएकी थिइन् । तर तत्कालै उनले पनि मेरो आवाज चिनिन् । यसपछि त के हुनु थियो र - हामी दुवै मिलेर उसलाई जेल पठायौँ", हाँस्दै वाङले भनिन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग