Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राँगाको मासुले गर्नु गर्‍यो

Published on 12:50:00 AM //


टेकनारायण भट्टराई, असोज २० -
 राँगाको मासु खाँदा अर्घाखाँचीमा मंगलबार ७० जना भन्दा धेरै बिरामी परेका छन्। अर्घाखाँचीको खन गाविस १ का १५ परिवारका करिब ७० जनालाई एकैचोटि झाडाबान्ता लागेको हो।

युरिया मलको बोरामा राखिएको दशैंमा बचेको राँगाको मासु १५ घर दलित परिवारले बाँडेर खाएका कारण झाडावान्ता फैलिएको खन स्वास्थ्य चौकीका इन्चार्ज लेखनाथ भुसालले बताए। बिरामी परेका सबैको खन स्थास्थ्यचौकीमै उपचार भैरहेको र बिरामीको संख्या बढ्दै गएको भुषालले बताए।
जिल्ला अस्पताल सन्धिखर्कबाट थप औषधि सहित स्वास्थ्यकर्मीको टोलि खटाइएको जिल्ला जनस्वास्थ्य कार्यालय अर्खाखाँचीका प्रमुख चित्र प्रसाद शर्मा वाग्लेले बताए।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग