Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ग्रामीण सडक बन्द

Published on 4:13:00 AM //


गगनशिला खड्का
वषाको समयमा अवरुद्ध भएका कच्ची सडकहरू सञ्चालनमा नआउँदा ग्रामीण क्षेत्रका जनतालाई सास्ती भएको छ । दुई महिनाअगाडिदेखि अवरुद्ध भएका यहाँका तीनवटै निर्वाचन क्षेत्रका करिब एक दर्जन मोटरबाटा अझै सुचारु भएका छैनन् ।
अवरुद्ध हुनेमा सबभन्दा बढी क्षेत्र नं १ र ३ का मोटरबाटा रहेका छन् । मोटरबाटो बन्द भएपछि ती क्षेत्रका दर्जनांै गाविसमा यातायात सेवा बन्द भएको छ । क्षेत्र नं १ को करिब एक दर्जन गाविस जोड्ने शान्तिपुर हरेवा पुर्तिघाट मोटरबाटो अहिलेसम्म मर्मत हुन नसकेपछि दुई महिनादेखि यातायात पूर्णरूपमा बन्द भएको छ । त्यस्तै शान्तिपुर-छापचौर मोटरबाटोसमेत बन्द भएपछि क्षेत्र नं १ को सुदूरपूर्वी भागका आधा दर्जन गाविसका जनता यातायात सेवाबाट पूर्णरूपमा वञ्चित भएका छन् । दसै-तिहारको समयमा यातायात बन्द भएपछि आवत-जावत गर्न र खाद्यान्न ढुवानी गर्न समस्या परेको एकीकृत नेकपा माओवादी गुल्मीका सचिवालय सदस्य सूर्यकुमार बस्यालले बताए । अहिले त्यस क्षेत्रका हरेवा, ग्वाघा, पुर्तिघाट, फोक्सिङ, ठूलोलुम्पेक, अर्बेनीलगायतका गाविसका जनताले पिठ्युमा बोकेर खाद्यान्न ढुवानी गरिरहेका छन् ।
सदरमुकामलगायत जिल्लाका अन्य स्थान र बाहिरी जिल्लामा आवत-जावत गर्न उनीहरूलाई घन्टौँसम्मको पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
सोही क्षेत्रकै लिम्घा गाविसलाई मुख्य सडक रिडी-रुद्रवेणी-वामी सडकसँग जोड्ने नारदेवा-लिम्घा मोटरबाटो र कुमालडाँडा-लिम्घा मोटरबाटो पनि बन्द छ । गत भदौमा परेको अविरल वषर्ाका कारण ठाउँठाउँमा गएको पहिरो मर्मत नहुँदा दुई घन्टाको उकालो बाटो पैदल हिँडेर मालसमान बोक्नुपर्ने बाध्यता छ । आर्थिक अभावका कारण मोटरबाटो मर्मत हुन नसकेको नेपाली कांग्रेसका हरिलाल भण्डारीले बताए ।
उता खैरेनी-रंगेवा मोटरबाटो पनि आर्थिक अभावका कारण लामो समयदेखि अवरुद्ध भएको छ । अस्लेवादेखि जिल्लाकै सबैभन्दा बढी जनसंख्या भएको ठूलोलुम्पेक गाविसलाई जोड्ने मोटरबाटो पनि बन्द भएपछि आवतजावत र खाद्यान्न ढुवानीमा समस्या परेको छ ।
जिल्लाको सबैभन्दा सुगम मानिने क्षेत्र नं. २ का कतिपय गाविसका जनता पैदलयात्रा गर्न र पिठ्युँमा खाद्यान्न ढुवानी गर्न बाध्य भएका छन् । जिप व्यवसायीको आफूखुसी भाडा असुल्ने प्रवृत्तिले उपभोक्तासंँग विवाद भएपछि सदरमुकाम तम्घासदेखि पराल्मी हुँदै १ नं. क्षेत्र जोड्ने मोटरबाटो सञ्चालनमा आएको एक महिना नबित्दै बन्द भएको छ । यस्तै, सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल रेसुंगाको गौशाला हुँदै पराल्मी, बलीथुम हुँदै इन्द्रेगौडा जोड्ने मोटरबाटो आन्तरिक विवादका कारण बन्द भएपछि त्यस क्षेत्रका जनताले पैदल हिँडेर सदरमुकाम आवत-जावत गर्नुपरेको छ । सो क्षेत्रका बासिन्दाले सदरमुकामबाट खाद्यान्नलगायतका सामग्री ढुवानी गर्नसमेत समस्या परेकोे गुनासो गरेका छन् ।
 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग