Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 3:33:00 PM //

रमेश भण्डारी,
रुपाकोट, गुल्मी 
मधुबनमा न्याउली एक्लै करायो र रोएँ
खत बसेको घाउ आज चहरायो र रोएँ
निस्सासीएँ सपनीमा जँघारमा परेपछि
विपनीमा मन मेरो डरायो र रोएँ
ज्युँदो लाश भाछ जीवन लामो सारा उडेपछि
आफनो मुटु आफैबाट हरायो र रोएँ
बेमौसमी हुरीले हाँसो खुशी लुटेपछि
एउटा मुटु दुई टुक्रा गरायो र रोएँ
अश्रुधारा बलेसीमा रुझ्दै थिए यादहरु
गोधुलीमा दाहिने आँखा फर-फरायो र रोएँ

(तपाईं पनि आफ्ना भावना, अविष्मरणिय क्षण तथा गीत गजल मुक्तकहरु गुल्मी दर्शनमा प्रकाशित गर्न चहानुहुन्छ भने gulmidarshan@gmail.com मा पठाउन सक्नुहुनेछ । )

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग