Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आठ दाजुभाइ कतारमा

Published on 12:18:00 PM //

रोजगारीका लागि बिदेसिन चाहने यहाँको एकै परिवारका ८ युवा कतारमा छन् । यी युवाले बर्सेनि २८ लाखभन्दा बढी नेपाली रुपैयाँ जिल्ला भित्र्याउँदै आएका छन् । ११ वर्षअघि कतार पसेका खाँदबारी-७ का लोकबहादुर राईले आफन्त युवाहरू त्यहाँ पुर्‍याएका हुन् ।
लोकबहादुरले भाइ जहरसिंह, रिमकुमार, दिलकुमार, रामकुमार, सुवास, बलराम, गुरु राईलाई कतार पुर्‍याएका हुन् । यी दाजुभाइ दोहाको स्टारलिङ्क क्याटरिङ सर्भिसमा कार्यरत छन् । यी युवाहरूले २ वर्षमा देश फर्किएर जग्गाजमिन जोड्न थालेका छन् । गत मंसिरमा बिदा लिएर आएका लोकबहादुरले खाँदबारी-५ मा १२ रोपनी जग्गा खरिद गरेका छन् ।
जहरसिंह ९, रिमकुमार ३, दिलकुमार ७, रामकुमार ७ वर्ष, सुवास ६ महिना, बलराम ५ र गुरु राई १ वर्षबाट कतारमा छन् । जहरसिंह, रिमकुमार लोकबहादुरका भाइ र अन्य काका, ठूलो बुबाका छोरा र बहिनी ज्वाइँसमेत हुन् । स्टारलिङ्क क्याटरिङ सर्भिसको एउटै छानामुनि कार्यरत उनीहरू एकै फ्ल्याटमा बस्दै आएका छन् ।
लोकबहादुरका अनुसार कमाउन कतार जान चाहने आफन्त युवा अब गाउँमा छैनन् । उनी भन्छन्, 'जान चाहनेलाई आफैं रकम जम्मा गरेर भए पनि रोजगारीका लागि कतार पुर्‍याइएको छु ।' संखुवासभाका करिब ५ सय युवा कतारमा कार्यरत छन् ।
सभार: कान्तिपुर दैनिक

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग