Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मह जोडी स्कूल जाने

Published on 12:21:00 PM //

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अब स्कुल जाँदै छन् । 'मदनबहादुर हरिबहादुर' शृंखलाको तेस्रो भागमा यो जोडीलाई स्कुलमा देखिने भएको हो । त्यसैले यो शृंखलाको नाम राखिएको छ- 'मदनबहादुर हरिबहादुर स्कुलमा' ।

तोकिएको समयभित्रै संविधान लेख्न दबाब दिने गरी कथावस्तु तयार पारिएको १२ भागको शृंखला 'मदनबहादुर हरिबहादुर स्कुलमा' मंगलबारदेखि नेपाल टेलिभिजनमा राति पौने नौ बजे र शुक्रबारदेखि कान्तिपुर टेलिभिजनमा राति ९ बजे प्रशारण हुनेछ ।

'अघिल्ला शृंखलामा भन्दा यसलाई अझ बढी कमेडी र सन्देशमूलक बनाउने प्रयास गरिएको छ,' हरिवंशले भने, 'सर्वसाधारणले बुझ्ने भाषामा संविधान र संघीयताबारे सन्देश दिनु हाम्रो उद्देश्य हो ।' संविधानलाई 'उर्वर खेत' संज्ञा दिँदै उनले ऐन, नियम, दफा, उपदफालाई 'बालीनाली' को संज्ञा दिए ।

'त्यही भएर पहिले उर्वर खेत बनाऔं, बालीनाली पछि लगाउँदा पनि हुन्छ,' मदनकृष्णले भने, 'समयमै संविधान बने अधिकार प्राप्तिका कुरा क्रमशः थप्दै जान सकिन्छ भन्ने हाम्रो मान्यता हो ।'

यो शृंखलामा नरेन्द्र कंसाकार, राजु भुजू, शर्मिला शर्मा, कमलकृष्ण, नीलकाजी शाक्यसमेतले खेलेका छन् ।
सभार: कान्तिपुर

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग