Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भोको कुकुरले आगो लगाइदियो

Published on 6:27:00 PM //

एउटा भोको कुकुरले भोकको सुरमा भान्सामा पकाइँदै गरेको तावामा आक्रमण गर्दा घरमा आगो लाग्दा ६ हजार पाउण्डभन्दा बढी क्षति भएको कुकुर मालिकले दाबी गरेका छन् ।

अल्फी नाउँ गरेको उक्त कुकुर भोकायो भनेर नै अल्फीका मालिक पल ग्रेगसनले खाना तताइदिँदै थिए तर भोकलाई सहन गर्न नसकी कुकुरले भाँडो चपाउने सुरले आक्रमण गर्‍यो । आक्रमणका क्रममा तेल हृवार्रहृवारी बलेपछि भान्सामा एकैछिन त आतङ्कको सिर्जना भएको डेली पोस्ट अखबारले जनाएको छ ।

बेलायतको गेनेडस्थित लानफेयरफेचेन निवासी ४२ वषर्ीय पलले पत्रिकालाई बताए- "यसले यस्तो गर्ला भनेर सोचेकै थिएनौँ । त्यसैले यसको नाउँमा हामीले थोरै परिवर्तन गरिदिएका छौँ- अल्फी द अर्र्सोनिस्ट ।" अर्र्सोनिस्टकोर् अर्थ हुन्छ, अर्काको सम्पत्तिमा आगो लगाउने अपराधी ।

आगो हृवार्रहृवारी बलेपछि पल उनकी श्रीमती र दर्ुइ छोराहरु चार्ली र प्याटि्रक तुरुन्त कोठाबाट निस्किएका थिए । जसका कारण, कसैलाई पनि कुनै चोट नलागेको बताइएको छ ।

तीन वर्षो अल्फी कलेजी रङको यो अल्फी उति बुद्धिमान चाहिँ छैन तर विस्तारै बुद्धि पलाउनेमा उनी विश्वस्त छन् । अल्फीले लगाइदिएको आगो निभाउन आफूले नसके पनि पलकी श्रीमतीले दमकललाई फोन गरेकी थिइन् । "यहाँको दमकल कति विश्वासिला छन् भने फोन लागेको पाँच मिनेटमै यहाँ आएर उनीहरुले आगोलाई नियन्त्रणमा लिइसकेका थिए", पलले खुशी हुँदै भने- "त्यति धेरै क्षति हुन पाएन ।"

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग