Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महसुल काउन्टर खैरेनीमा राख्न माग

Published on 4:21:00 AM //

जिल्लाको पूर्वी क्षेत्रका झन्डै एक दर्जन गाविसका बासिन्दाले खैरेनी बजारमा महसुल काउन्टर राख्न विद्युत प्राधिकरणसँग आग्रह गरेका छन् । पूर्वी क्षेत्रका जुहाङ, भार्से, जुनिया, लिम्घा, हसरा, अस्लेवा, ठूलोलुम्पेक, बम्घा, रिमुवालगायत गाविसका बासिन्दालाई बिजुली प्रयोग गरेबापतको न्यूनतम ८० रुपैयाँ महसुल बुझाउन आउदा १ हजारभन्दा बढी खर्च भएपछि उपभोक्ताले यस्तो आग्रह गरेका हुन् ।

खैरेनी बजारमा रेसुंगा विकास बैंकको शाखासमेत खुलेकाले अब आर्थिक कारोबारमा समस्या नहुने भन्दै स्थानीय बासिन्दाले काउन्टरको माग गरेको लिम्घा गाविसका भीमप्रकाश थापाले बताए ।

विद्युत प्राधिकरणले विद्युत वितरण गरेको १४ वर्ष भए पनि अहिलेसम्म त्यस क्षेत्रमा सम्पर्क कार्यालयसमेत खोलेको छैन् । सम्पर्क कार्यालय पनि नरहेको र मुख्य कार्यालयदेखि निकै टाढा रहेकाले विद्युतको पोल ढलेमा

ग्राहक एक सातासम्म अँध्यारोमा बस्नुपर्ने जुहाङका देवी भण्डारीले बताए । खैरेनीमै काउन्टर भए मर्मत पनि तत्कालै हुने र ग्राहकले महसुल बुझाउन अतिरिक्त खर्च गनर्ु नपर्ने उनको भनाइ छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग