Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मलेसियामा दुई नेपालीलाई मृत्युदण्ड, दुताबासलाई थाहा छैन

Published on 4:21:00 PM //

अनलाइन खबरबाट

अवैद्य लागू औषध कारोबारमा संलग्न भएको आरोपमा ६ वर्ष अघि पक्राउ दुई नेपालीलाई मलेसियाको उच्च अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।

हरिबहादुर घले (२९) र साजन गुरुङ (३०) अमेरिकी लागू औषध नियन्त्रण एजेन्सी तथा बुकिट अमान प्रहरीद्वारा ८७५.२ ग्राम लागू औसध हिरोइन कारोबारको क्रममा सन् २००३ मे ३० मा पक्राउ परेका थिए । अभियुक्त नेपालीहरु जलान शहरको एक होटलमा पक्राउ परेका थिए ।

मलेसियाको लागू औषध नियमावली १९५२ को दफा ३९ अन्तर्गत मृत्युदण्डको सजाय सुनाइएको हो । अभियुक्त हरि र साजनले आफ्नो बचाउमा ठोस प्रमाण जुटाउन नसक्दा सजायको भागेदार हुनु परेको मलेसियन समाचार एजेन्सी बर्नामाले जनाएको छ ।

एक विदेशी नागरिकसँग हेरोइनको डिल गर्दै गर्दा भेष बदलेर पुगेका अमेरिकी ड्रक नियन्त्रण एजेन्सीका एक अधिकारीले हरि र साजनलाई रङ्गेहात पक्राउ गरेका थिए । ‘अदालतले अभियुक्तहरुलाई सजायमा कमी गर्न अपिल गर्न मौका समेत दिएको छ,’ साजनका अधिवक्ता राजपल सिङले बताए ।

दूतावासलाई थाहा छैन

मलेसियाका लागि नेपाली राजदूत डा. ऋषि अधिकारीले यसबारे दूतावासमा जानकारी नआएको बताउनुभयो । ‘आजै भएको फैसला रहेछ, मलाई जानकारी आइसकेको छैन, फैसलाको प्रकृति हेरेपछिमात्र केही भन्न सकिन्छ ।’ राजदूत अधिकारीले बिहिबार साँझ अनलाइनखबरसंग भन्नुभयो । तर हाइ कोर्टले गरेको फैसलाबिरुद्ध सर्बोच्च अदालतमा पुनराबेदन गर्न सकिने अधिकारीले जानकारी दिनुभयो । त्यसका लागि परिवारले वकिल राख्दा ज्यादै खर्च हुनसक्ने जानकारी दिंदै उहाँले सरकारी वकिलको ब्यवस्था मलेसियन अधिकारीसंग दुतावासले छलफल गर्ने बताउनुभयो ।

यसअघि पनि यस्ता मुद्दामा घोषित सजायँलाई घटाउन दूतावास सफल भएको राजदूतले जानकारी दिनुभयो । सर्वोच्च अदालतले पनि मृत्युदण्डको घोषणा गरे उनीहरुलाई नेपाल स्थानान्तरण गर्न वा सजायँ घटाउन राजाकहाँ चिठी लेख्नुपर्ने अधिकारीले जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग