Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाहिर बिग्रने सानाथरे, होटेलमा बिग्रने ठुलाथरे

Published on 6:53:00 PM //

गुल्मी जिल्लाको तम्घास बजार र आसपासका क्षेत्रहरुमा अहिले दिनप्रतिदिन यौन कृयाकलाप बढीरहेको छ । सदरमुकाम स्थित होटेल, पार्क तथा जङल लगायतका सुनसान स्थानहरुमा अनैतिक कार्य गर्नेहरु बढेको प्रहरीले जनाएको छ।
। जिल्लाका प्रहरी निरीक्षक राजाराम अधिकारी पनि सदरमुकाम तम्घास यौन हाल्लाको अखडा बनेको बताउँछन्। “बजारी हल्ला धेरै सुनिन्छन्, तर हामीले छड्के जाँच गर्दा निकै ठूलो समस्या बनिसकेको जस्तो लाग्दैन। तर तम्घासमा यौन विकृति छैन नै भन्नेचाहिँ होइन।” अधिकारीले

नाम उल्लेख नगर्ने सर्तमा गुल्मीका एक होटल व्यावसायीले केही माथिल्लो ओहोदाका सरकारी कर्मचारीसमेत यौन विकृतिमा संलग्न रहेको बताए। “होटलबाहिर सानाथरे केटाकेटी बिग्रे होलान् तर होटलमा बिग्रने धेरै त माथिल्लै तहका हुन्छन्”- ती व्यवसायीले भने।
उता प्रहरीले रुपन्देही, पाल्पा, गुल्मी र स्याङ्जाबाट एकाअर्काको जिल्लामा छिर्ने नाकामा विद्यार्थी पोशाकमा मोटरसाइकलमा भेटिने जोडीलाई कडा चेकजाँच सुरु गरेको छ। विद्यार्थीमा छाडापन बढी देखिन थालेपछि यस क्षेत्रका अधिकारीले यस्तो कडाइ गर्न थालेका हुन्।
पाल्पाका सार्वजनिक स्थान र होटल तथा पार्कहरुमा यौनजन्य क्रियाकलाप वृद्धि हुन थालेपछि यस्तो व्यवस्था गर्नुपरेको पाल्पाका प्रहरी नायव उपरीक्षक पवनकुमार गिरीले बताएका छन्। यस्तो कार्यमा संलग्नमध्ये धेरैजसो विद्यार्थी हुने गरेको जानकारी पनि उनले दिए।

रुख र बगैंचाका छेको परेर यौनकार्यमा लाग्नेहरु दिनदिनैजसो भेटिन थालेका पनि उनले बताए । गत दुई साताभित्र यस्ता ३ जोडी पक्राउ परिसकेका उनको भनाइ छ। दिउसो यस्ता ठाउँमा र राति होटलहरुमा अनैतिक कार्य गर्नेहरु बढेको प्रहरीले जनाएको छ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग