Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

Published on 3:14:00 AM //

गुल्मी जिल्ला अस्पतालमा लामो समयदेखि रेडियोग्राफी कर्मचारी नहुँदा सेवागाही समस्यामा परेका छन् । अस्पतालमा रेडियोग्राफी, स्टाफ नर्सलगायतका दरबन्दीअनुसार कर्मचारी नभएका कारण जिल्ला अस्पतालमा सेवाग्राहीले सेवा पाउन सकेका छैनन् ।
०३० मा भारत सरकारको सहयोगमा निर्माण भएको १५ शय्याको अस्पतालमा अहिलेसम्म पनि दरबन्दीअनुसारका कर्मचारी छैनन् ।

गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्युठानलगायतका दुर्गम भेगका जनतालाई प्रत्यक्ष रूपले सेवा दिँदै आएको यो अस्पतालमा बिरामीको चापका कारण कतिपय अवस्थामा भुइँमा सुताएर उपचार गराउने ठाउँको समेत अभाव हुने गर्छ । सरकारले अस्पताल स्थापनाकालदेखि ४४ वर्षको अन्तरालमा पनि अस्पतालको शय्या थप नगर्नुले बिरामीले पटक-पटक समस्या भोग्नुपरेको अस्पताल विकास समितिले जनाएको छ । जनसंख्याका आधारमा बिरामीको चाप बढी हँुँदा बिरामीलाई भुइँमै सुताएर उपचार गर्न बाध्य भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भेषराज पोखरेलले जानकारी दिए ।
६ वटा स्टाफ नर्सको दरबन्दी भए पनि तम्घास अस्पतालमा एकजना मात्र स्टाफ नर्स कार्यरत छन् । जिल्लाका धेरै स्वास्थ्यसंस्थामा दरबन्दीअनुसार स्वास्थ्यकर्मी छैनन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग