Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकै गाउँबाट कतारमा ५८ युवा

Published on 10:06:00 PM //

नयाँभावना दैनिकबाट

रोजगारीका लागि यहाँको पुर्कोटदह गाविसबाट कतारमा मात्र ५८ जना पुगेका छन् । गाउँका धेरै रोजगारीका लागि कतारमा भेटिएपछि उनीहरूले गाउँको विकास र आफ्ना समस्या समाधानका लागि युवाहरूले कतारमा गुल्मी पुर्कोटदह सर्म्पर्क मञ्च समेत गठन गरेका छन् । मञ्चका अध्यक्ष दिलिप पुनका अनुसार पुर्कोटदहबाट रोजगारीका लागि कतार पुग्नेमा अधिकांश युवा छन् ।

उनीहरू सबै भवन निर्माण, घरेलु कामदार, अल्मुनियम कम्पनीमा कार्यरत छन् ।’ दुर्घटना हुँदा उपचार गर्ने, विरामीलाई सहयोग गर्ने र बचेको रकम गाउँको विकासका लागि पुर्कोट पठाउने गरेका छौं ।’, पुनले टेलिफोनमा भने । कतारमा गठन भएको मञ्चको उपाध्यक्षमा विष्णु घिमिरे, सचिव ढालबहादुर कुँवर , सहसचिव देवेन्द्र रोका र कोषाध्यक्षमा प्रेम श्रेष्ठ रहेका छन् ।
१५ सदस्यीय मञ्चले मासिक रूपमा बैठक बस्ने र आफुहरूका समस्याका बारेमा एकले अर्कालाई जानकारी गराउने गरेको छ । मासिक बैठकमा प्रत्येक व्यक्तिले १० रियल संकलन गरेर कोष स्थापना गरेको समेत पुनले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग