Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उद्घारको माग गर्दै अन्तक्रिर्या कार्यक्रममा निवेदन

Published on 1:16:00 PM //

दिनदिनै रक्सी खाएर भएभरको गाली गथ्र्यो तर हिजोदेखि पिट्न थाल्यो । मलाई अर्बाबदेखि निकै डर लागिरहेको छ । त्यो सम्भिmँदा पनि जिउ सिरिङ्ग हुन्छ । ज्यान बचाउँन पनि गाह्रो भयो दाई ! मलाई घर जाने टिकट मिलाईदिने गरि श्रम सहचारीलाई एउटा निवेदन लेखिदिनुस् न ! हर्दिनेटा ०६ गुल्मी घर भै जागिरको सिलसिलामा एक भारतीय नागरिकको घरमा काम गर्न भनी अर्ढाई महिना पहिले यूएइ आएका पीडित नेपाली मधु अधिकारीले एकैसासमा पत्रकार गिरधारी रिजाल र शंकर ज्ञवालीसँग दुइ हात जोड्दै भने ।

गत २५ डिसेम्वर २००९ का दिन बरदर्ुबई स्थित अरब उडुपी रेष्टुरेण्टमा नेपाल पत्रकार महासँघ, सर्म्पर्क शाखा यर्ूर्एइद्वारा आयोजित एक अन्तक्रिर्या कार्यक्रममा उनले यस्तो बिन्ती गरेका हुन् । उनका अनुसार आफ्नै गाउँले छवि अर्यालको पहलमा भिसा निकालिएको र भिसाको दस्तुर स्वरुप यूएइ दिर्हाम्स तीन हजार अर्बाबलाई बुझाएको खुलासा भएको छ ।
त्यस्तै बरदुबई स्थित अल फलाहा रेष्टुरेण्टमा करीब दुइ वर्षअघिदेखि काम गर्दै आएका हर्दिनेटा ०८, गुल्मीका अर्का पीडित नेपाली सञ्जु भुसालले पनि आफ्नो समस्या अघि सार्दै यसरी बिन्ती गर्छन्, मेरो घरमा पारिवारिक समस्या छ । म यतिबेला घर नपुगे यसले निकै ठूलो रुप लिनेछ । त्यसैले म यूएइ छोडेर जान चाहन्छु । परिवार भन्दा ठूलो धनसम्पत्ति होइन रहेछ तर कम्पनीले साढे दश हजार दिर्हाम्स भिसाको खर्च स्वरुप डिपोजिट गरेमा मात्र जान पाउँने बतायो । पारिवारिक पिरलोले आत्तिएको कारणले घर जानलाई साढे आठ हजार दिर्हाम्स बुझाएँ तर अर्बाबले अझै अर्ढाई हजार दिर्हाम्स बुझाउँनुपर्ने शर्तनामामा कागजमा हस्ताक्षर गर्न भनेपछि मैले मानिन । म अन्यायमा परें हजुर ! सम्भव हुन्छ भने उपाय लगाइदिनु पर्यो ।

यूएइ मा नेपालीको अवस्था, समस्या, समाधान र सम्भाव्यता शीर्षक राखी नेपाल पत्रकार महासँघ, सर्म्पर्क शाखा यूएइ द्वारा आयोजना गरिएको उक्त अन्तक्रिर्या कार्यक्रममा नेपाली राजदूतावासका तर्फबाट अतिथिको रुपमा उपस्थित द्वितीय सचिव लोक बहादुर क्षेत्री र श्रम सहचारी पार्वती अर्याललाई दुइवटै पीडितहरुको निवेदन पत्रकारहरु मार्फ् हस्तान्तरण गरिएको हो ।

पीडितहरुको निवेदन बुझिसकेपछि श्रम सहचारी अर्यालले भनिन्, हामीहरुले गल्ती गरेका छैनौं भने यस्ता मुद्दाहरु प्रहरीमा उजुरी दिनुपर्ने हुन्छ र हामी कानून भन्दा तल पर्दैनौं । यसो गर्दा हामीलाई उद्घार गर्न समेत सजिलो पर्छ । पीडितहरुलाई सान्त्वना दिने क्रममा यी समस्याहरु दूतावासबाट चाँडै नै सुल्झाउँने प्रयास हुने जानकारी पनि गराइन् ।

स्मरण रहोस् यस्ताखाले उजुरीहरु यूएइमा धेरैपटक दोहोरिएका छन् । कहिले नेपाली समाजले त कहिले यहाँ रहेका अन्य सामाजिक सँघसँस्थाहरुले नेपाली दूतावासको सहयोगमा धेरैको उद्घार गरिसकेका छन् ।
नेपाल अरब डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग