Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पोल्याण्डमा नेपालीले क्रिसमस र नयाँवर्ष एकैपटक मनाए

Published on 2:43:00 PM //

एनआरएन पोल्याण्ड र अन्तराष्ट्रिय कलाकार मन्च पोल्यान्डद्धारा डिसेम्बर २५ का दिन आयोजित नयाँ वर्ष २०१० र क्रिसमस कार्यक्रको शुभकामना आदान प्रदान गर्दै नेपाली भेटघाट कार्यक्रम तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त भेटघाट कार्यक्रम मित्र लाल पार्देको अध्यक्ष्यता र शाखाका उपाध्यक्ष श्री टोप बहादुर गैरे क्षेत्री (राजु के सी) को सम्योजकत्वमा पोल्यान्डको वारसवामा सम्पन्न भएको थियो ।

नेपाल छोडेर बिदेश आएका सबै नेपालीहरु एकआपसमा भेटघाट गर्ने बतावरण मिलोस र नेपाली सस्कृतिको पनि विस्तारमा टेवा पुगोस भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमा चुडामणी खनाल, गोपाल राइ, जनार्दन सापकोटा, रामचन्द्र खनाल, जीबन के.सी, श्रीधर कार्की, सोम श्रेष्ठ, संगिता खड्र्का र अनिता लगायतका बिभिन्न व्यक्तिहरुले शुभकामनाका मन्तव्य दिनुभएको थियो ।
उक्त कार्यक्रम सफल पार्न बिशेष सहयोग गर्न श्री टीका बस्नेत र कार्यक्रममा उपस्थित हुने सम्पूर्ण नेपालीहरु प्रति बिशेष आभार प्रकट गरिएको थियो। साथै उक्त अवसरमा मित्र लाल पार्दे द्धारा एकल नाटक 'बरालिएको मन' पनि प्रदर्श गरिएको थियो। यस् कार्यक्रममा नेपाली लगायत बिदेशीहरु पनि नेपाली गीत संगीतमा रुची राख्दै नेपाली पारामा नाचेका थिए।
उक्त कार्यक्रम सफल पार्न अत्यन्तै सहयोग गर्ने एन आर एन पोल्र्यान्ड प्रति अन्तरराष्ट्रिय कलाकारमन्च पोल्र्यान्ड शाखाले बिशेष धन्यवाद दिएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग