Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु

Published on 9:46:00 AM //

गुल्मीको बडागाउँमा ट्याक्टर दुर्घटना हुँदा सोही ट्याक्टरका चालक र हेल्परको मृत्यु भएको छ । निस्तीबाट काठ लिएर बडागाउँ तर्फ जाँदै गरेको लु १ त ४६३९ नम्बरको ट्याक्टर बडागाउँ ६ धरमपानीमा गएराति दुर्घटना हुँदा चालक गुल्मी अमरपुर बुल्मका प्रेम मुखिया र हेल्पर प्युठान अर्खाका हिमाल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका दुवैको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएका प्युठान अर्खाकै दुर्गा रानाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । उनको अबस्था सामान्य रहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग