Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादीलाई ठोकेर बाहिर राख्न मिल्दैन: कोइराला

Published on 4:04:00 AM //

वाइसिएलले सुजातालाई देखायो कालो झण्डा
भरत पाण्डे

उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले माओवादी चुनाव जितेर आएको पार्टी भएकोले उसलाई बाहिर राखेर शान्ती प्रकृया निष्कर्षमा नपुग्ने बताएकी छिन । माओवादीलाई पनि सरकारमा सहभागी गराएर मात्र शान्ती प्रकृया टुंगोमा पुग्ने भन्दै कोइरालले माओबादीलाई पनि सरकारमा आउन आग्रह गरेकी छिन । ईलाका स्वास्थ्य केन्द्र उदघाटन गर्न गुल्मीको वामि आएकी कोइरालाले मंगलवार तम्घासमा नेपाली कांग्रेसद्वारा आयोजित्त अन्तर्कृया कार्यक्रममा जनताको म्याण्डेटलाई पनि ख्याल गर्नुपर्ने भन्दै माओवादीलाई पनि सरकारमा सहभागी गराउनुपर्ने बताइन । "माओबादी पनि चुनाव जितेर आएको पार्टी हो । यसलाई ठोकेर बाहिर राख्न मिल्दैन, जनताको म्याण्डेट्लाई पनि ख्याल गरेर यसलाई सहभागी बनाउनु पर्छ ।", उनले भनिन ।


शान्तिप्रकृया टुनंगोमा पुगी नयाँ नेपाल निर्माण भईसकेपछी मात्र जनताका स्वास्थ्य, शिक्षा लगायतका मौलिक अधिकार सुनिश्चित हुने भएकोले सबै राजनीतिक दलहरु एक भएर अघी बढ्नुपर्ने बताइन । माओवादी अध्यक्षले उच्चस्तरीय राजनीतिक संयन्त्रमा बस्ने सहमती जनाएकोले छिट्टै संयन्त्र गठन गरी शान्ती प्रकृयालाई निष्कर्षमा पुर्‍याउनुपर्ने उनको भनाइ छ । "गिराजाबाबुको भनाइमा म पनि बस्छु भन्ने प्रचण्ड जीको सहमती छ", भन्दै उनले कांग्रेसलाई पहिलेको अवस्थामा पुर्याउन ठुलो संघर्ष गर्नुपर्ने दाबी समेत गरिन । वामिमा वाइसिएलका कार्यकर्ताले प्रदर्शनसहित कालोझण्डा देखाएपछी उनले शान्तिपूर्ण बिरोध गर्न पाउने नागरिकको मौलिक अधिकार भएकोले बिरोध गर्न पाउनुपर्ने बताइन । मन्त्री कोइरालाले वाइसिएलले गरेको शान्तिपूर्ण बिरोधको आफुले सम्मन गर्ने पनि बताएकी थिईन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग