Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकारलाई उपप्रधानमन्त्रिको कार्यक्रममा छिर्न दिईएन

Published on 10:53:00 PM //

भरत पाण्डे/रेडियो रेसुङ्गा
हातमा कालोपट्टी बाँधेको भन्दै गुल्मीको तम्घासमा उपप्रधानमन्त्री सुजता कोइरालाको कार्यक्रममा पत्रकारहरुलाई प्रवेश गर्न दिईएन । तम्घासको काँग्रेस पार्टी कार्यलय परिसरमा भईरहेको अन्तर्कृया तथा जिल्लाका समस्या अवगत गराउने कार्यक्रममा पुगेका पत्रकारहरुलाई सुरक्षाकर्मीले गेट बाहिरैबाट फर्काइदिएका हुन ।
आफुहरुले टिका बिष्टमाथी भएको आक्रमणको बिरोधमा पत्रकार महासंघको केन्द्रिय कार्यक्रम अनुसार पत्रकारले हातमा कालो पट्टी बाँधेको बताउँदा बताउदै पनि बाहिरैबाट फर्काइएको हो । आफुहरु केन्द्रिय कार्यक्रम अनुसार हातमा कालोपट्टी बाँधेपनि समाचार सन्कलन गर्न आएको बताउँदा समेत कार्यक्रम स्थलमा प्रवेश गर्न नै नदिएको पत्रकार गगनशिला खड्काले बताइन । कार्यक्रममा प्रवेश गर्न नदिएपछी पत्रकारहरु रिपोर्टिङ नै नगरि फर्किएका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग