Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मगरात गणराज्य घोषणा

Published on 7:03:00 PM //

एकीकृत नेकपा माओवादीले गुल्मी सहित पश्चीमका नौ जिल्लालाई मिलाएर मगरात स्वायत्त गणराज्य घोषणा गरेको छ ।
बिहीवार पाल्पाको तानसेनस्थित टुँडिखेलमा आयोजित सभामा माओवादीका महासचिव रामबहादुर थापा बादलले मगराँत स्वायत्त प्रदेशको घोषणा गर्नुभयो । गणराज्य घोषणा गर्दै थापाले प्रतिगामी शक्तिहरु अहिले इतिहाकै कमजोर स्थीतिमा रहेको दावी गर्नुभयो । एक्काइसौं सताब्दीमा बिचारले मगरात स्वायत्त राज्य घोषणा गरेर आफुहरुले बिश्वलाई नयाँ सन्देश दिएको थापाको दावी थियो । घोषणा कार्यक्रममा नौ जिल्लाको प्रतिकस्वरुप नौवटा पटाका पड्काइएको थियो ।

माओवादीले पाल्पा, गुल्मी, बाग्लुङ, स्याङ्जा, रोल्पा, रुकुम, सल्यान प्युठान र अर्घाखाँचीलाई मगरात स्वायत्त राज्य घोषणा गरेको हो ।
जनतालाई घोषणा सभामा उपस्थित हुनका लागि माओवादीले गाउँगाउँ माइकिंग गर्दै घरदैलो गरेर निम्तो कार्ड वितरण गरेको थियो। मगरात राज्य समिति इन्चार्ज हेमन्त प्रकाश वलीले बिहीबारको घोषणा सभामा २० हजारभन्दा बढी जनताको उपस्थिती रहेको दाबी गरे । माओवादीले घोषणा सभाका लागि जनता ओसार्न १ सय भन्दा बढी बस परिचालन गरेको थियो ।
तानसेनको ऐतिहासिक मुल ढोकामा राखिएको मगरात स्वायत्त गणराज्य घोषणाको वोर्डको समेत थापाले उद्घाटन गरे । तानसेन टुडिखेलबाट विभिन्न मयूर नाच, मगरहरुको नृत्य, सोरठी, नेवारको लाखे, ब्राम्हणको भजन सहित र्‍याली आयोजना गरिएको थियो । तानसेनको ऐतिहासिक सित्तलपाटीमा पुगेर उनले वोर्डको उद्घाटन गरेका हुन् । त्यसमा मगरात स्वायत्त गणराज्य लेखिएको छ ।

घोषणा सभालाई पार्टी प्रवक्ता दीनानाथ शर्मा, पोलिटब्युरो सदस्य टोपबहादुर रायमाझी, हेमन्त प्रकाश वलि, केन्द्रीय सदस्य सन्तोष बुढा, मगरसंघका संस्थापक अध्यक्ष लोकबहादुर थापामगर, अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष जयपुरी घर्तीमगर, वाईसीएल अध्यक्ष गणेशमान पुन, नेपाल मगर संघका महासचिव वसन्त घर्तीमगर लगायतले सम्बोधन गरेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग