Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा आगलागी एक करोड बढीको क्षति

Published on 2:26:00 PM //


सदरमुकाम तम्घासका दुई पसलमा बिहीबार राति आगलागी हुँदा एक करोड भन्दा बढीको क्षति भएको छ ।
तम्घास बजारको सहिद चोक नजिकै रहेको राजन टेलर्सबाट राति १० बजे सल्किएको आगोले पाल्पा भैरव वस्त्रालय र नजिकै रहेको एक फोटो स्टुडियोमा समेत क्षति पुगेको छ
 स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको सहयोगमा राति दुई बजेपछि मात्र आगो नियन्त्रणमा आएको थियो । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । आगलागीबाट कति क्षति भयो भन्ने बारेमा यकिन भई नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पदमप्रसाद सुवेदीले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग