Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ज्ञानोदय माविका शिक्षकद्वारा आत्महत्या

Published on 4:24:00 AM //

ज्ञानोदय मावि बुटवलमा अध्यापनरत २२ वषिर्य एक शिक्षकले बुटवलको बागलुङ थकाली होटलमा आत्महत्या गरेका छन् ।
पाल्पा सत्यवति गाविस वडा नं. ७ घर भै ज्ञानोदय माविमा अध्यापनरत तथा बुटवल बहुमुखी क्याम्पसमा बीएड तेस्रो वर्षा अध्ययनरत २२ वषिर्य देवबहादुर पेग्नी मगर होटलको ६ नं. कोठा बुक गरी बिहीबार होटलमा बसेका थिए ।
साँझ २ बोत्तल बियर, २ प्लेट मासु र खाना खाई सुतेका मगर शुक्रबार अपरान्ह १ बजेसम्म पनि नउठेपछि होटल सञ्चालकले प्रहरीलाई खवर गरेका थिए । खवर पाएपछि तत्काल होटलमा पुगेको प्रहरी टोलीले ढोका फोडी भित्र हर्ेदा मृत अवस्थामा उनलार्इर्र्फेला पारेको थियो ।

बिहीबार एक बजे घरबाट होटलमा आएका मगरले दर्ुइ पेज हस्तलिखित पत्र लेखी आफुले अहिलेको आधुनिक युगमा केही गर्न नसकेको र अरूको भरमा कति बाँच्ने जस्ता जीवनदेखि निराश शब्दहरू उल्लेख गरेका थिए ।
१२ जनाको परिवार रहेको घरमा एउटा दाजु नेपाल आर्मी, अर्का सशस्त्र प्रहरी, एक दाजु र एक भाई भारतीय आर्मीमा जागिरे रहेको, एक जना दाजु घरमै रहेको र आफुले अरूको आशमा यो संसारमा केही गर्न नसकेको लगायतका शब्दहरू उनले पत्रमा उल्लेख गरेका छन् ।
"संसारबाट विरक्तिएर आफ्नो जीवन समाप्त पारेको हुँ"-पत्रमा उल्लेख छ । विद्यालयका शिक्षक शिक्षिका तथा क्याम्पसका साथीहरू, घरपरिवार र होटल सञ्चालकलाई आफ्नो मृत्युका कारणले दुःख नदिन समेत प्रहरी प्रशासनलाई पत्रमा अनुरोध गरेका छन् ।
घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक जिवलाल चुँदालीले घटनाको प्रकृति र हस्तलिखित पत्र हर्ेदा आत्महत्या गरेको हुन सक्ने बताउनुभयो .

नयाँभावना दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग