Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चन्द्रकोट क्याम्पसलाई सहयोग आउने क्रम जारी, अमेरिकाबाट पनि आउनेभयो

Published on 4:37:00 AM //

गुल्मी जिल्लाको शान्तिपुरमा निर्माणाधीन चन्द्रकोट क्याम्पसका लागि आवश्यक पर्ने फर्निचर लगायत भवन निर्माण तथा क्याम्पस सन्चालनको लागि अमेरिकाबासी केही गुल्मेलिहरुबाट पनि सहयोग सन्कलन गरी सन्कलित रकम नेपाल पठाउन लागिएको छ ।
अमेरिकाको टेक्सास राज्यमा निजी व्यापार सञ्चालन गरिरहनु भएका चन्द्रकान्त शर्माको अध्यक्षता एवं अमृता रानाको सक्रियतामा चन्द्रकोट सेवा समिति, अमेरिका गठन गरि गुल्मी जिल्लाको शान्तिपुरमा निर्माणाधीन चन्द्रकोट क्याम्पसका लागि सहयोग सङ्कलन गरिएको थियो । शान्तिपुर-चन्द्रकोट सेरोफेरोबाट अमेरिकामा बसोबा गर्दै आएका नेपालीहरुले निर्माणाधीन चन्द्रकोट क्याम्पसका लागि आवश्यक पर्ने फर्निचरका लागि ३४ सय ३५ डलर (अन्दाजी २ लाख ५० हजार नेपाली रुपैया) प्रदान गर्ने निर्णय गरिएको छ। रकम सहयोग गर्ने महानुभावहरुको नामावली यसप्रकार रहेको छ :

१ चन्द्रकान्त शर्मा- १४०० डलर
२ रुपा अमृता राना- ५०५ डलर
३ राजेश थापा- ५०१ डलर
४ हरि थापा (खत्री)- २०० डलर
५ सुन्दर थापा- ११५ डलर
७ परशुराम खरेल- १०५ डलर
८ राजेश खत्रीबाट- १०१ डलर
१० तुलसीराम गैरेबाट- १०० डलर
११ धनञ्जयनरसिंह केसी- ५१ डलर
१२ भक्तबहादुर थापा- ५१ डलर
१३ आमोद पोखरेल- ५१ डलर
१४ रविन्द्र र्राई- ५१ डलर
१५ राम श्रेष्ठ- ५१ डलर
१६ अशोक गौतम- ५१ डलर
१७ हरिहर दाहाल- ५१ डलर
१८ छत्र श्रीस थापा- ५१ डलर

नवगठित समितिका अन्य सदस्यहरुमा अमृता अल्डरमेन राना, तुलसीराम गैरे, परशुराम खरेल, हरि थापा (क्षेत्री), लालमणि बराल, सुन्दर थापा, रुपा राना, छत्र श्रीस थापा, सुमन श्रेष्ठ, डम्मर थापा, श्रीराम थापा, राजेश खत्री र राजेश थापा रहनु भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग