Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा भरुवा बन्दुक

Published on 3:51:00 AM //

गुल्मीका मगर समुदायको संस्कृतिलाई द्वन्द्वले पारेको प्रभावको विषयलाई लिएर भरुवा बन्दुक नामक फिल्म सुटिङ सुरु भएको छ । एक महिनामा सुटिङ सिध्याउने योजनाले तीव्र गतिमा काम भइरहेको सो फिल्मको निर्माण, निर्देशन सिन्धु पोखरेलले गरेका छन् ।

गुल्मीको बिरबासमा बसोबास गर्ने स्थानीय मगर समुदायका व्यक्तिलाई कलाकार लिइएको सो फिल्ममा मगर संस्कृति तथा द्वन्द्वले पारेको असर प्रस्तुत गरिने निर्देशक पोखरेलले बताए । सशस्त्र द्वन्द्व सुरु हुनुअघि मंगोलियन समुदायका मान्छे विवाह, भोजलगायतका अवसरमा बन्दुक पड्काएर रमाउथे ।

तर, द्वन्द्वको बेला गाउँ-गाउँबाट माओवादी र सुरक्षाकर्मीले बन्दुक खोसेर लगेपछि त्यो समुदायको संस्कृति लोप हुने अवस्थामा पुगेको यथार्थ फिल्ममा देखाउनका लागि गुल्मी आएर सुटिङ गर्नुपरेको उनले बताए । भरुवा बन्दुक मुलुकका गाउँ-गाउँमा देखाइने योजना फिल्म निर्माण युनिटको छ ।
नयाँ पत्रीकाबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग