Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बास बसेकाले लुटपाट गरी भागे

Published on 4:26:00 AM //

होटलमा बास वस्न आएका दर्ुइ जना युवाले ८ लाख बराबरको धनमाल लुटपाट गरी भागेका छन् । गुल्मीको जुभुङ गाविस वडा नं. ५ हटियामा रहेको एक होटलमा बिहीबार राती बास बस्न आएका युवाले राती १० बजे ४ लाख ५० हजार नगद र ११ तोला सुन लुटेर भागेको स्थानीयबासीले बताएका छन् ।
बास बस्न आएका गुल्मीको शान्तिपुर र कपिलवस्तु घर बताउने अन्दाजी २७/२८ वर्षा युवाले होटल संचालक गंगा प्रसाद श्रेष्ठ र उनकी श्रमतीलाई हात, खुट्टा, बाँधी मुखमा पट्टी बाँधिदिएर धनमाल लुटपाट गरेको बताइएको छ । चोरी गरी भागेकाहरूको खोजी कार्य भैरहेको गुल्मी प्रहरीले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग