Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवतिलाई गोली हानेपछि प्रहरीद्वारा आत्महत्या प्रयास

Published on 1:38:00 PM //

गुल्मीको धुर्कोटप्रहरी चौकीका एक प्रहरी जवानले अनेरास्ववियु क्रान्तिकारीका उपसभापतिलाई गोली प्रहार गरी घाईते बनाएका छन् , राससले जनाएको छ ।
सल्यान घर भई धुर्कोट प्रहरी चौकीमा कार्यरत लोकेन्द्र दसौंदीले धुर्कोटबस्तु ७ की गीता भण्डारीलाई गएराति कारी ८ बजे उनकै घरमा गई अन्धाधुन्द गोली प्रहार गरी घाईते बनाएका हुन् । प्रहरी टोली गस्ती गएको समयमा चौकीमा ड्युटी बसेका दशौदीले धुर्कोट बहुमुखि क्याम्पसकी स्ववीयू उपसभापति तथा अनेरास्ववियू क्रान्तिकारीकी उपाध्यक्ष समेत रहेकी भण्डारीलाई गोली हानेको सहायक निरिक्षक बालकृष्ण काफ्लेले जानकारी दिए ।

हतियार र ५० राउण्ड गोलीसहित फरार रहेका प्रहरी चौकीदेखि एक किलोमिटरको दुरीमा गोली लागेको अबस्थामा फेला परेका छन् । उनले आत्महत्या प्रयास गरेको हुनसक्ने अनुमान गरिएको छ । घाइते गीताको उपचार जिल्ला अस्पताल तम्घासमा भइरहेको छ भने प्रहरी जवान दसाँैदीको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग