Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जापानका नेपाली रमाए दोहोरीमा

Published on 4:44:00 AM //


गुल्मेली समाजले नयाँवर्ष २०१० को अवसर पारेर जापानको टोकियो युनिभर्सल स्टुडियोमा शुक्रबार 'जनवरी १' सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नेपालबाट गएका कलाकार कोमल ओली र प्रजापति पराजुलीले दोहोरी गाएका थिए । दोहोरीमा उनीहरूबीच परेको घम्साघम्सीबाट उपस्थित दर्शक निकै रमाएका थिए । दोहोरीसँगै नेपाली संस्कृति झल्कने विभिन्न लोकनृत्यसमेत प्रस्तुत गरिएको थियो । आयोजक संस्थाका अध्यक्ष बाबुराम भण्डारीका अनुसार सो कार्यक्रममा सात सयभन्दा बढी जापानमा बसेका नेपाली दर्शकका रूपमा उपस्थित थिए । कृष्णभक्त महर्जनले गरेका कोरियोग्राफीमा दर्शक पनि पुलकित भई नाचेको उनले बताए ।
जापानमा बस्ने नेपालीलाई आफ्नो देशको कला-संस्कृतिको झल्को मेटाउनका लागि नयाँ वर्षको अवसर पारेर नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गरिएको भण्डारीले बताए ।
Source: Nayapatrika

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग