Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आँट र गाँठ दुबइ भएका ४०० मर्द भेटिन कोमल ओलिले

Published on 5:00:00 AM //


'मनमा आँट भा'को गोजीमा गाँठ भा'को यतिको मर्द भेटिएन कोही' भन्दै कोमल वलीले गीत गाउन सुरु गर्दा जापानको सिन्जुकोस्थित युनिभर्सल स्टुडियो हल एकैपटक गुञ्जायमान भयो । 'म छु, म छु' भनेर ४ सय हात उठेपछि गायिका वलि एकाएक लाजले रातो भइन् । दर्शकहरू गायिका ओलीलाई साथ दिँदै उनीसँगै गीत गाउन तथा नाच्न थालिहालेका थिए । नयाँ वर्ष २०१० को शुभअवसर पारेर गुल्मेली समाजले जापानको टोकियोमा जनवरी १ मा आयोजना गरेको कार्यक्रममा दर्शकहरूको अत्यधिक उपस्थितिले कार्यक्रमको रौनक अझ बढाएको थियो ।
कार्यक्रमका सम्बन्धमा जानकारी दिँदै वलीले भनिन्- 'अहिलेसम्मका कार्यक्रममा यसपटकको कार्यक्रम सबैभन्दा सफल रह्यो ।' जापानमा आयोजना हुने कार्यक्रममा नेपालीहरूको सहभागिता कम हुने गरेकाले ५ सय दर्शक अटाउने हल बुकिङ गरिएको भए पनि ७ सयभन्दा बढी दर्शकले टिकट खरिद गरेकाले हलमा उभिने ठाउँ पनि नभएको कार्यक्रममा सहभागी अर्का गायक प्रजापति पराजुलीले बताए । कार्यक्रममा गायक कृष्णभक्त महर्जन तथा प्रजापति पराजुलीले पनि आफ्ना गीत प्रस्तुत गरेका थिए । हलमा उभिने ठाउँ पनि नभएपछि टिकट काउन्टर बन्द गरिएपछि कार्यक्रम हेर्न नपाएका दर्शकले कोमल वलीलाई बाहिर बोलाइदिनुस् भनेर कराएका थिए । गुल्मेली समाजले आयोजना गरेको कार्यक्रममा ओलीको क्रेज देखेर तमुधी समाजले ल्होसारको अवसरमा आयोजना गरिएको कार्यक्रममा पनि उनलाई निम्त्याइयो, जहाँ ओलीले आफ्ना गीतहरू सुनाएर पर्याप्त मनोरञ्जन प्रदान गरिन् ।

साप्ताहिकबाट साभार

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग