Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुपाकोटमा बस दुर्घटना, २ को मृत्यु

Published on 2:33:00 PM //

माधव अर्याल
गुल्मीको रुपाकोटमा शनिवार साँझ भएको मिनिबस दुर्घटनामा परी घाईते भएका २ जनाको पाल्पाको तानसेन स्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मी शान्तीपुर २० बर्षीय रण बहादुर सुनार र भार्से २ का २४ वर्षीय चित्र बहादुर श्रीस रहेको प्रहरीले जनाएको छ । यसै गरी उपचार गराईरहेका चार जनाको अबस्था अझै गम्भीर रहेको मिसन अस्पतालले जनाएको छ ।

गम्भीर घाईते हुनेहरुमा गुल्मी गोवादी २ का धन बहादुर थापा, वडा नं ४ की २२ वर्षीया मिना राना, फोक्सिङ्गकोट ८ का ४४ बर्षीय सन्त बहादुर काउछा र वडा नं ४ का सोम बहादुर घर्ति रहेका छन


उनीहरुको हात खुट्टा भाचिएको र छाती र टाउकोमा गम्भीर चोट लागेको चिकित्सकले बताएका छन । बुटवलबाट गुल्मीको शान्तिपुर जादै गरेको लु १ ख ५०५२ नम्वरको मिनि बस शनिवार साझ गुल्मीको रुपाकोटमा दुर्घटना भएको थियो । दुर्घटनामा परी ८ जना घाइते भएका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग