Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अञ्चलस्तरीय भलिबलको उपाधि गुल्मीद्वारा कब्जा

Published on 1:32:00 AM //

रुपन्देहीमा सन्चालित लुम्बिनी अञ्चलस्तरीय कोहिनुर कप भलिबल प्रतियोगिताको उपाधि गुल्मीले कब्जा गरेको छ ।
जिल्ला भलिबल संघ र रुपन्देही उद्योग संघको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिताको शनिबार भएको फाईनल खेलमा आयोजक रुपन्देहीलाई ३-१ सेटमा हराउ“दै गुल्मीले उपाधि जितेको हो ।
उपाधिसँगै गुल्मीले कोहिनुर कप र २० हजार नगद हात पारेको छ । प्रतियोगितामा गुल्मीले २५-२२, १९-२५, २५-२३ र २५-९ को अन्तरले रुपन्देहीलाई विदा गरेको हो ।

हजारौं दर्शकमाझ अत्यन्तै र्समर्थन पाएको गुल्मीले फाईनल खेलमा उत्कृष्ट पर््रदर्शन गरेको थियो । पटकपटक गुल्मीका खेलाडीले प्रमुख रेफ्री थमन गुरुङले निष्पक्ष खेल खेलाउन नसकेको आरोप लगाउ“दै खेल मैदानबाट बाहिर निस्केका थिए भने रुपन्देहीका खेलाडीले गुल्मीका तर्फाट अनुशासन उल्लंघन गरेको भन्दै रेफ्री समक्ष गुनासो गरेका थिए ।
प्रतियोगितामा उपविजेता रुपन्देहीले नगद १५ हजार, मेडल र प्रमाणपत्र हात पार्‍यो भने तेस्रो स्थान हासिल गरेको नवलपरासीले नगद १० हजार रुपैया“ प्राप्त गर्‍यो । प्रतियोगितामा बेस्ट प्लेयर रुपन्देहीका विजय गुरुङ घोषित भै पुरस्कृत भएका थिए ।
प्रतियोगिताको पुरस्कार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले र कप प्रायोजक कोहीनुर मेटलका संचालक रामप्रसाद बस्यालले प्रदान गर्नुभयो भने उपविजेता र तेस्रो स्थान प्राप्त गर्ने जिल्लालाई भलिवल संघका अध्यक्ष विष्णुकुमार श्रेष्ठ र रुपन्देही उद्योग संघका अध्यक्ष एजाज आलमले पुरस्कार प्रदान गर्नुभएको थियो ।
नयाँभावना दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग