Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एउटै खोला २२ पटक तर्छन् सवारी साधन

Published on 7:14:00 PM //

घनश्याम गौतम
खोला किनारको ६ किलोमिटर सडक निर्माण नहुँदा यहाँका आधा दर्जन गाविसका बासिन्दा एउटै खोलाको २२ घाट तर्न बाध्य छन् । पश्चिमी क्षेत्रका ह्वाङदी, दर्लिङ, नेटा, पौदीअमराई लगायत गाविसका बासिन्दा सदरमुकाम आउन र र्फकन जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।
सदरमुकाम तम्घासदेखि रातडाँडा हुँदै पौदीअमराई सडकखण्डको बीचस्थित निस्तीखोलाको किनारमा सडक नहुँदा बटुवा र सवारी साधनले बढी घाट तनर्ु परिरहेको हो । उक्त बाटोको निर्माण छ वर्षअघि सुरु भए पनि अझै पूरा हुन सकेको छैन । केही समयको बाटो हिंडन सिंगो दिन खर्चनुपर्ने बाध्यता स्थानीयमा छ ।
सवारी साधन खोलाको बीच भागको पानीबाट गुडाउँदा यात्रा नै जोखिमपूर्ण र साधन बढी बिग्रने गरेका छन् । हिउँदमा समस्या कम हुने भए पनि वषर्ात् सुरु हुने बेलाका केही महिना बढी जोखिम मोल्नुपर्ने चालकको गुनासो छ ।

'हिउँदमा त सामान्य नै लाग्छ' जिप चालक लालबहादुर कार्की भन्छन्, 'वषर्ामा खोलाबाटै गुड्दा कति बेला खोला आएर जिपसँगै बगिने हो हामीमा त्रास हुन्छ ।' त्यस्तै पानीमै हिँड्नुपर्ने भएकाले पटक पटक इन्जिन सिज हुने र एक पटकमा ५०/६० हजारसम्म खर्च हुने गरेको उनले बताए ।

तम्घाससँग पश्चिमका आधा दर्जन गाविसलाई जोडने सडक खण्डको बडागाउँ भञ्ज्याङबाट नालातारे निस्ती हुँदै पौदीअमराईको पुछारसम्म निस्ती खोलैखोला सवारी चलाउनुपर्ने बाध्यता रहेको जिप व्यवसायी समितिका कार्यालय प्रमुख डोलबहादुर कुँवरले बताए । 'सर्वसाधारणको समस्यालाई ध्यान दिएर हिँड्नैपर्ने हुन्छ', उनले भने, 'खोलाबाट हिँड्दा गाडी मालिकको मासिक मर्मत खर्च बढी छ ।' खोलाबाटै हिँड्नुपर्ने बाध्यताका कारण वषर्ाका ६ महिना सर्वसाधारण एक दिनसम्म पैदल हिँडेर सदरमुकामसम्म आउनुपर्ने बाध्यता छ ।

अर्का जिप चालक भरत पन्थीले खोलाबाट हिँड्नुपर्ने समस्याले गाडीका इन्जिन सिज हुने, पानीमा ड्रम भिजेपछि ब्रेक नलाग्ने, गेयरबक्सले काम नगर्ने, डिजेलका ट्यांकी पानीमा डुब्ने गरेको बताए ।

खोलामा हिँड्नुपर्ने भञ्ज्याङदेखि हाँडीखोलासम्मको झन्डै ६ किलोमिटर सडक निर्माण सुरु भएको तीन वर्ष हुँदा पनि निर्माण हुन सकेको छैन । 'खन्दाखन्दै १५ लाख ऋण लागेपछि बाटो अलपत्र परेको हो', पौदीअमराईका भीमसेन थापाले भने, 'सडक बनेमा यात्रु र सवारी चालक दुवैलाई फाइदा पुग्ने भए पनि रकम अभावमा निर्माण हुन नसकेको हो ।' सडक निर्माण हुन अझै १५ लाख लाग्ने उनले बताए ।

जिप व्यवसायी समितिका अनुसार उक्त सडक खण्डमा दैनिक ३ जिप ओहोर दोहोर गर्ने गर्छन् । त्यो बाहेक सामान ढुवानी गर्ने ट्याक्टर र रिटेलिङका गाडीहरू पनि दैनिक गुड्ने गर्छन् । सडक किनारमा सडक अभावमा बषर्ातका ६ महिनासम्म नेटा, दर्लिङ, ह्वाङदी, पौदीअमराईका बासिन्दाले पैदल हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यतासँगै खाद्यान्न समेत मान्छेले नै बोकेर ढुवानी गनर्ुपर्ने बाध्यता रहेको पनि थापाले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग