Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कर्मचारी संगठनमा मरासिनी

Published on 11:10:00 PM //

भरत पाण्डे, गुल्मी
नेपाल निजामती कर्मचारी संगठन गुल्मीकोको नवौँ जिल्ला अधिबेशनले लोकनाथ मराशिनिको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको छ । समितिको उपाध्यक्ष पूर्णलाल श्रेष्ठ, महिला उपाध्यक्ष यमकला पाण्डे, सचिब कर्ण बहादुर पाण्डे, सहसचिब लक्ष्मण प्रशाद गौतम, कोषाध्यक्ष कृष्ण प्रशाद पन्थी र सदस्यहरुमा बोधकुमारी छेत्री, देबिराम भण्डारी, सुकदेब ज्ञवाली, कमल प्रशाद पाण्डे, रुक बहादुर घर्ती, कुलानन्द सापकोटा, पोम नारायण सुबेदी, हिरा कुमार श्रेष्ठ, लक्ष्मीदेवी भण्डारी लगायत रहनुभएको छ ।

अधिबेशनले केन्द्रिय प्रतिनिधि पार्थमणी न्यौपाने, सपना पन्थीलाई चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई केन्द्रिय सदस्य यज्ञ मुर्ती भण्डारीले अबिर र प्रमाण पत्र प्रदान गरी बधाई दिनुभएको थियो ।
केन्द्रिय सदस्य यज्ञमुर्ती भण्डारीको प्रमुख आथित्यता र प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्यालको बिशेष आथित्यतामा सम्पन्न अधिबेशनमा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष जयश्वर पन्थी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अधक्ष्य रोहित भण्डारी, स्वास्थ्यकर्मी युनियन्का अधक्ष्य नारायण अर्याल, नेपाली काङ्ग्रेसका कोशाध्यक्ष श्री प्रशाद भलामी, नेकपा एमालेका सदस्य जङ्ग नेपाली, संगठनका पुर्व अध्यक्ष तोयनाथ मरासिनी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम पार्थमणी न्यौपानेको अध्यक्षतमा कर्ण बहादुर पाण्डेले सन्चालन गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग