गुल्मी युनाइटेड सहकारीको सात करोडको कारोबार
भरत पाण्डे
युनाइटेड बचत तथा ऋण सहकारी लिमिटेड गुल्मीको दोश्रो साधारण सभा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्यालको अध्यक्षतमा सम्पन्न साधारण सभामा रेसुङ्गा बिकास बैंक संचालक समिती सदस्य नन्दराम भुसाल, गुल्मी बिकास बैंक संचालक समिती सदस्य राम प्रशाद पन्थी, जिल्ला सहकारी संघका सदस्य बिष्णु पन्थी, मैत्री बहुउद्देश्यीय सहकारी संस्थाका यम बहादुर थापा मगरले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
त्यसैगरी लेकाली सहकारी संस्थाका अध्यक्ष यम बहादुर थापा क्षत्री, अमर कल्याण महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष पार्वता पोखरेल, स्वाबलम्बन महिला सहकारी संस्थाकी अध्यक्ष राधा पन्थी, ग्रामीण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरी न्यौपाने, संस्थाका सभाषद श्री प्रशाद भलामी,अम्बिका श्रेष्ठ लगायतले पनि सभामा मन्तब्य ब्याक्त गर्नु भएको थियो । दुई बर्ष अघी स्थापना भएको संस्थाले कर्जा लगानी, बचत योजना, शेयरधनिहरुलाई स्वास्थ्य उपचार खर्च, लगायतका काम गरिरहेको छ ।
सभाले संस्थाका सचिब गुणानीधी शर्माले पेश गर्नुभएको निती तथा कार्यक्रमको प्रतिबेदन पारीत गरेको छ । आगामी दिनमा रेमिटान्स सम्बन्धी कारीबार, परोपकार कोष कल्याणकारी तथा समबेदना कोष स्थापना गर्ने तथा घर घडेरी खरिद गर्ने योजना समेटा पारीत गरेको छ । त्यसैगरी संस्थाका कोशाध्यक्ष श्याम कुमार पाण्डेले प्रस्तुत गर्नुभएको गत बर्षको चार करोड ७३ लाख ९९ हजार भन्दा बढीको आय ब्यय विवरण समेत पारीत गरेको छ । जसमध्य गत बर्षको कुल आम्दानी कारीब ३० लाख र शुद्द नाफा कारीब एस् लाख २४ हजार रहेको छ । सभामा शिक्षा उपसमिती संयोजक अनन्तराम पौडेल, लेखा उपसमितीका संयोजक कृष्ण प्रशाद भण्डारी र ऋण उपसमिती संयोजक अखिलेश्वोर प्रशाद पाण्डेले पनि प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।









