Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा शैक्षिक संस्था बन्द

Published on 5:15:00 PM //



आन्तरिक परीक्षा संचालनमा पनि रोक


रासस
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले मगरात राज्यअन्तर्गतका शैक्षिक संस्था बन्द आह्वान गरेपछि बुधबार गुल्मी जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द भएका छन् ।
हालै सल्यानका क्रान्तिकारीका जिल्ला अध्यक्ष दुर्गाबहादुर बुढा र जिल्ला सदस्य रिमबहादुर रावतमाथि लगाइएको झुट्टा मुद्दा तत्काल खारेजको माग गर्दै उक्त शैक्षिक संस्था बन्दको आह्वान गरिएको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन -क्रान्तिकारी) का जिल्ला अध्यक्ष यदु ज्ञवालीले एक विज्ञप्ति जारी गरी गुल्मीमा बुधबार शैक्षिक संस्था बन्दको घोषणा गरेका हुन् ।
बन्दको कारण गुल्मीका सम्पूर्ण शैक्षिक संस्थाहरूको पठनपाठन ठप्प बनेको छ भने कतिपय विद्यालयले सञ्चालन गरेका आन्तरिक परीक्षाहरूसमेत रोक लगाइएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग