Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेली समाज बहराइन गठन

Published on 11:16:00 PM //

"निराश बिरही" रेशम थापा 
बहराइन
बहराइनमा बसोबास गर्दै आएका गुल्मेलिहरुको एक भेलाले गुल्मेली समाज बहराइन गठन गरेको छ । जागिर तथा ब्यवसायको सिल्सिलामा बहराइनमा बसिरहनुभएका गुल्मेलिहरुको उम अल हस्सन भन्ने ठाँउमा बसेको भेलाले गुल्मेली समाज बहराइन गठन गरेको हो । सभापति देउ प्रसाद पुनले दीप प्रज्वलन गरी कार्यक्रम सुरु गर्नु भएको थियो ।
करिब ५० जना गुल्मेलीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा पुनले समाजको निती नियम, बिधान, समाजका उद्देश्यहरु तथा भावी कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । "हामी गुल्मेलिहरु रोजगारिको सिलसिलामा आफ्नो जिल्ला र देश छोडि बिदेशी भुमिमा पसिना बगाउनु परेपनी आफ्नो गाउँ ठाउँलाई कहिले पनि भुल्नु हुन्न, हामी अझ एकत्रित भएर आफ्नो गाउँ ठाउँको बिकासको लागि सक्दो प्रयास गर्नुपर्छ", पुनले बताउनुभयो । बहराइनमा करिब ३ देखी ४ सयको हाराहारिमा गुल्मेलिहरु रहेका तर सुचनाको अभाव तथा ब्यस्तताले गर्दा सबैजना उपस्थित हुन भने सकेका थिएनन । प्रथम भेलामा उपस्थित हुन नसक्नु भएका सबै गुल्मेली मित्रहरुलाई पनि समेटेर आगामी दिनमा सबै गुल्मेलिको सुख-दु:खमा हातमा हात मिलाउदै जाने कुरा पनि उपस्थित महानुभावहरुले बताउनुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग