Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अधिकांश ग्रामीण सडक जोखिमपूर्ण

Published on 5:00:00 PM //

घनश्याम गौतम
जिल्लाका अधिकांश ग्रामीण सडक प्राविधिक र सवारी सञ्चालनका दृष्टिले जोखिमपूर्ण रहेका छन । सवारी सञ्चालनका लागि आवश्यक मापदण्ड पुरा नगरिएका कारण यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन । यहाँका ३५ मध्ये २० सडक सवारी सञ्चालनका दृष्टिले खतरायुक्त रहेको जिल्ला प्राबिधिक कार्यालयले जनाएको हो ।
'प्राविधिक दृष्टिले सबै पक्ष पूरा भएपछि मात्र सवारी चलाउनुपर्ने भए पनि अहिलेसम्म सवारी सञ्चालक र उपभोक्ताले चासो दिएका छैनन्,' कार्यालयका इन्जिनियर मेघराज ज्ञवालीले भने, 'अपूर्ण सडकमा सवारी चलाउँदा सर्वसाधारणको यात्रा बढी जोखिमपूर्ण हुने गरेको छ ।'
उनले सामान्य बाटोमा जिप चलाउन सडक कम्तीमा ४ मिटर चौडा, १२ रेडियस मोड, ७ प्रतिशत ग्रेड हुनुपर्छ । जिल्लाका अधिकांश सडकमा ती पूर्वाधार छैनन् ।

जिपमात्र चल्न सक्ने यस्ता सडकमा भरीभराउ यात्रु राखेर बस, ट्रक र ट्याक्टर चलिरहेका छन् । प्राविधिक रूपमा पास नभएका अधिकांश सडकमा राजनीतिक दल, उपभोक्ता समिति र यातायात व्यवसायी समितिले सवारी सञ्चालन गराउँदै आएका छन् । प्राविधिक कार्यालयले अहिलेसम्म कुन सडक बस, ट्रकका लागि, कुन जिप, ट्याक्टरका लागि उपयुक्त भनेर वर्गीकरण गरेको छैन ।
जिल्लाका ठूला सडक रिडी-रुद्रवेणी- वामीटक्सार, तम्घास- छल्दी-सिमलटारी, धुर्कोटरजस्थलदेखि हाडहाडे गाविस, ठूलापोखरा भे+mडी सडक, ग्वाघा-त्रिवेणी-भुतर्ुङलगायत सडक अत्यन्तै जोखिम पूर्ण छन् ।
रिडीदेखि वामीटक्सार सडकको रिडी-रुद्रवेणी खण्डमा नियमित सवारी चल्न थालेको १४ वर्षभन्दा बढी भएको छ । कच्ची, अत्यन्तै साँघुरो र तलपट्ट िकालीगण्डकी रहेको त्यस खण्ड जिल्लाको सबैभन्दा व्यस्त सडक हो । त्यस्तै जिल्लाको अर्को ठूलो कच्ची सडक तम्घास सिमलटारीको तम्घासदेखि छल्दी खोलासम्मको सडक पनि अति नै जोखिमपूर्ण छ । उक्त सडकमा दिनहुँ जोखिम मोल्दै एक दर्जन सवारी ओहोरदोहोर गर्ने गरेका छन् । यातायात व्यवसायीले सवारी सञ्चालन गनर्ुपूर्व जिविस वा प्राविधिक कार्यालयबाट स्वीकृति लिनुपर्ने भए पनि अहिलेसम्म त्यसो हुन सकेको छैन । बरु व्यवसायीले सडक निरीक्षणका लागि व्यवसायी मात्र संलग्न गरेर समिति बनाउने गरेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग