Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घुस लिने प्रहरीलाई कारबाही माग

Published on 6:10:00 PM //

गुल्मी सदरमुकाम तम्घासमा प्रहरी सहायक निरीक्षक प्रकाश शाहको नेतृत्वमा खटिएको गस्ती टोलीले स्थानीय एक होटलबाट अनियमितरुपमा रकम लिएको रहस्य सार्वजनिक भएको छ।

सदरमुकाम तम्घास बसपार्कस्थित सनिता होटलका सञ्चालक ओमबहादुर झाँक्री मगरबाट रु.एक हजार आठ सय र लु १ ख ३७८० का चालक तारे विकबाट रु. पाँच सय गरी कुल रु. दुई हजार तीन सय लिएको तथ्य सार्वजनिक भएको हो।
गस्तीमा गएका बेला सोही होटलमा अवैधरुपमा केटी सँगै लिएर बसेका बसका सहचालकसहितको एक जोडीलाई प्रहरीले फेला पारेपछि उनीहरुलाई त्यत्तिकै छाडिदिने सर्तमा प्रहरीले पैसा मागेर लगेको होटल सञ्चालक झाँक्रीले बताएका छन्।
उक्त घटनाको विरोध गर्दै त्यस क्षेत्रका बासिन्दाले उनीहरुलाई कारबाहीको माग गर्दै गुल्मी प्रहरीमा निवेदन दिएका छन्। गस्तीमा गएका एक प्रहरी जवानले उनीहरुबाट आफूले रु.पाँच सय लिएको सार्वजनिकरुपमा स्वीकार गरेका छन्।

प्रहरी निरीक्षक राजेश अधिकारीले उनीहरुलाई अनुसन्धान गरी कारबाही अघि बढाउने बताए। प्रहरीले सदरमुकामका होटलहरुमा पहिचान नखुलेका कुनै पनि युवा-युवतीलाई नराख्न र राख्नुपर्ने भए परिचय खुल्ने गरी विवरण राख्नसमेत होटल सञ्चालकसँग आग्रह गरेको छ।
रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग