Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लौ चिन्नुस्-१: सही उत्तर

Published on 8:38:00 PM //

गुल्मीन्युजमा लौ चिन्नुस् स्तम्भ अन्तर्गत राखिएको तस्बिर गुल्मीको कुर्घा गाविस स्थित मालिका मन्दिरको हो । यो तस्बिर गुल्मी आँपचौर स्थाइ घर भई हाल क्यानाडामा बसोबास गर्दै आउनुभएका मित्र टिका बहादुर के.सीले उपलब्ध गराउनुभएको थियो यसको लागि उँहालाई धेरै धन्यवाद । यो तस्बिर चिनेर पहिलो सही उत्तर पठाउने मित्र शंकर भण्डारी, बेलायतलाई बधाई ।
कुर्घा मालिका मन्दिर: छोटो चिनारी
गुल्मी जिल्ला क्षेत्र नम्बर १ को उत्तरमा अवस्थित मालिका देवीको मन्दिर जिल्लाकै प्रशिद्द धार्मिक तथा एतिहासिक स्थल मध्यको एक हो । कुर्घा गाविसको भुवाचिदी बजारबाट करिब दुई देखी साढे दुई घण्टाको पैदल यात्रा पश्चात पुगिने मालिकामा हरेक बर्ष कार्तिक शुक्ल पुर्णिमाको दिनमा ठुलो मेला लाग्ने गर्दछ । सो दिन जिल्लाका बिभिन्न स्थानहरुका साथसाथै छिमेकी जिल्लाहरुबाट पनि हजारौँ श्रद्दालुहरु आफ्नो मनोकामना पुरा गर्न मालिका मन्दिर जाने गर्दछन । भक्तजनहरुको सबै मनोकामना तथा मनोकांक्षाहरु मालिका माईले पुरा गर्छिन भन्ने जनबिश्वास रहीआएको छ । आफ्नो भाकल पुरा गराउन भक्तजनहरु मलिका माइलाई फुल, धुप, अक्षता, ध्वजा चढाउनुका साथै हाँस, कुखुरा, परेवा, बोका, आदीको बली पनि चढाउने गर्दछन । मालिकासँग जोडीएको किम्बदन्ती यस्तो छ- "द्वापर युगमा एकजना मल्यश्री नाम गरेका ॠषिले यहाँ तपस्या गर्दथे । त्यँहा एउटा ठुलो पोखरी थियो । एक समय ठुलो खडेरी परी पोखरिमा पानी सुकेछ अनी त्यही ॠषिको तपस्याबाट पानी आएछ त्यतिबेला मालिका देवीको शक्तिले पानी आएको विश्वाश गरियो ।" त्यसैगरी त्यहीं रहेको पहराभित्र मालिका देबी रहनुहुन्छ त्यसैले बेस्सरी चिच्याएर बर मागे मात्र देवीले बरदान दिनुहुन्छ भन्ने भक्तालुहरुको विश्वाश रहेको छ । भक्तालुका समस्या र पिर मर्का बुझ्ने यो देवी सँगको आस्थाले हरेक बर्ष यि बहिरी देवीसँग चिच्याएर बर माग्ने श्रद्दलुहरुको ठुलो घुँईचो लाग्ने गर्दछ मालिकामा ।
सही उत्तर मिलाउने मित्रहरुको नाम र कुर्घा मालिका माइको भिडियो हेर्न भित्र आउनुस् ।

साथै सही उत्तर पठाउने अन्य मित्रहरु मोतिलाल राना, डिल्लिराज भण्डारी (भारत), भोजराज सापकोटा (फिन्ल्यान्ड), कुमार छन्तेल (यमन), रमेश भण्डारी (कतार), ईन्द्र भट्टराई, खिम बहादुर खासु, महेन्द्र जिसी, लवसन, नारायण कुँवर, ज्योतिराज कुँवर, भोजराज भण्डारी, ॠषिराम सापकोटा, भुवन रोका, यमलाल, पूर्ण बहादुर खराल, तारापती अर्याल, र लौ चिन्नुस् प्रतियोगितामा उत्साहपूर्ण सहभागीता जनाउदै ईमेल पठाउने अन्य सम्पूर्ण मित्रहरुलाई पनि धेरै धेरै धन्यवाद ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग