Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज हंगकंगको चौथो अधिवेशन सम्पन्न

Published on 9:41:00 PM //

गुल्मी समाज हंगकंगको चौथो अधिवेशन आईतवार सम्पन्न भएको छ । हंगकंगको यूनलुङग स्थित चोमोलोङमा बहुसांस्कृतिक केन्द्रमा सम्पन्न अधिबेशनले पाण्डु श्रीसलाई अध्यक्ष पदममा निर्वाचित गरेको छ । समाजका अध्यक्ष डिल बहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न खुल्ला सत्र समाजका सचिव कांशी दर्लामीले संचालन गर्नुभएको थियो। उपस्थित सम्पूर्ण महानुभावहरुलाई समाजका उपाध्यक्ष पाण्डु श्रीसले स्वागत गर्नुभएको थियो । नेपाली सेनाका पूर्व मेजर मोहन पुनको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा नेत्र पहराई, भरत थापा, थल श्रीसमगर, यस बी दर्लामी, नारायण प्रसाद थापा लगायतका महानुभावहरुको पनि उपस्थिती रहेको थियो ।
समाजका अध्यक्ष डिल बहादुर बुढाथोकीले खुल्ला सत्रको कार्यक्रम समापन गर्दै विभिन्न क्षेत्रबाट सहयोग गर्ने महानुभावहरु र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र सल्लाहकारहरुलाई धन्यवाद दिदै अध्यक्ष मण्डल र निर्वाचन मण्डलको नाम घोषणा गर्नु भएको थियो ।

अध्यक्ष मण्डलको संयोजकमा नेत्र पहराई र निर्वाचन मण्डलको संयोजकमा भरत थापा रहनुभएको थियो । अध्यक्ष मण्डलको नाम घोषणा पश्चात बन्दसत्रको कार्यक्रम संचालन गरिएको थियो। गुल्मी समाज हंगकंगको कार्य प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा विधान उपर छलफल गर्दै सबै प्रतिवेदनहरु बन्द सत्रमा सर्वसम्मतिले पारित गरिएको थियो।
गुल्मी समाज हंगकंगको चौथो अधिवेशनले उपाध्यक्षमा सोम थापा, सचिवमा लक्ष्मण गुरुङ, सहसचिवमा उत्तम थापा, कोषाध्यक्षमा दुर्गा गुरुङ, सहकोषाध्यक्षमा निल बहादुर बुढाथोकीलाई निर्वाचित गरेको छ । त्यसैगरी सदस्यहरुमा क्रमश हिमाल बुढाथोकी, सन्तोष राना, इन्द्र श्रेष्ठ, युवराज ज्ञवाली, मदन पुन, नारायण प्रसाद थापा, तारा गुरुङ, महेन्द्र राना, राजु गुरुङ, नरमाया थापा, इश्वर थापा, विनोद थापा, मुना दर्लामी लगायत निर्वाचित भएका छन ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष मण्डलका संयोजक नेत्र पहराईले शपथ ग्रहण गराएका थिए। निवर्तमान अध्यक्ष डिल बहादुर बुढाथोकीले नव निर्वाचित कार्यसमितिलाइ बधाई तथा शुभकामना दिएका थिए।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग