Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बलिउडमा नेपाली सपना

Published on 2:32:00 PM //

विकास रौनियार
(Source: ekantipur.com)

धेरैका लागि मुम्बई सपनाको सहर हो । यहाँ लाखौंलाख आँखा सपनाकै खोजीमा आइपुग्छन् ।
गुल्मी अमलेवाको एउटा १४ वर्षे केटो पनि डेढ दशकअघि सपना खोज्दै मुम्बई पुगेको थियो । ७ कक्षामा गुल्टिएको तोडले घर छाडेर हिँड्ने केटो कति गरबि थियो भने बाटो खर्च पनि छिमेकीले दिनु पर्‍यो । देवीको मन्दिरमा दुई रुपैयाँ चढाएर गाउँ छाडेको उसले सपनाको सहरमा कम्ता गोता पाएन ।
उजस्तै गरी सपना खोज्दै यहाँ आइपुगेर चौकीदारी गर्न थालेका केही नेपालीले उसमाथि दया देखाए, एउटा चलचित्र निर्माण कम्पनीमा पियनको काम खोजिदिए । प्रतिमहिना हजार रुपैयाँ तलब पाउने उसको टुटेफुटेको हिन्दी सुन्दा मानिसहरू हाँस्थे ।
अहिले दृश्य फेरएिको छ । त्यो ठिटो टीभी सिरयिलका निर्देशक भइसकेको छ । हिन्दी नजान्ने उनै लोकनाथ पाण्डे कलाकारलाई क्यामेराका अघिल्तिर हिन्दीमै संवाद बोल्न सिकाइरहेका हुन्छन् । चलचित्रको कथा होइन, यो उनको जीवनको वास्तविकता हो ।

'सहारा-१' बाट प्रसारण हुने 'माताकी चौखी' का निर्देशक उनै हुन् । स्टार प्लसको 'इन्डिया कलिङ', सोनीको 'अम्बर धारा', जीटीभीको 'संसार' आदिमा सहायक निर्देशकको अनुभव पनि बटुलेका उनको यो उपलब्धी सजिलै मिलेको होइन ।

लोकनाथको मासिक कमाइ अहिले दुई लाख ५० हजार हाराहारी छ । 'सफलताले मन रमाउँछ,' हालैको भेटमा उनी भन्दै थिए, 'तर सुरुमा मलाई सहयोग गर्ने कतिपय साथीभाइको स्थिति जहाँको त्यहीं देख्दा नरमाइलो पनि लाग्छ ।'

बलिउड फिल्म नगरी मुम्बईमा मात्रै फिचर फिल्म र टेलिभिजन च्यानलहरूमा करबि १० हजार नेपाली कार्यरत भएको अनुमान छ । तीमध्ये अधिकांशको जीवन संघर्षमै बितिरहेको छ । तर केही नेपालीले सिने उद्योगमा आफूलाई स्थापित गर्न सफल भइसकेका छन् । गायक उदीतनारायण झा र नायिका मनीषा कोइरालाको बाटो पछ्याउनेमा लालगढ जनकपुरका अञ्जन गजुरेल पनि एक हुन् ।

काठमाडौंको ललितकला क्याम्पसमा दुईवर्षे चित्रकला अध्ययनपछि थप अध्ययननिम्ति मुम्बई आइपुगेका उनले यहाँको प्रख्यात जेजे स्कुल अफ आर्टमा पाँच वर्ष पढे । फाइन आर्ट पढ्ने इच्छा भए पनि कमर्सियल आर्टतिर तानिएका अञ्जन अहिले धेरै फिल्म निर्माताले पछ्याउने कला निर्देशक भइसकेका छन् ।

कुनै बेला दर्शकले अत्यधिक रुचाउने 'कसौटी जिन्दगी की', 'कुसुम' जस्ता सिरयिलका सहायक कला निर्देशक अञ्जनले 'मर्डर', 'इन्तिहा', 'रामजी लन्डनवाले' जस्ता फिल्ममा पनि उस्तै कामको मौका पाएका थिए । लगातारको मेहेनतले प्रतिभा तिखारेका उनले यशराज फिल्मसका कविर खानद्वारा निर्देशित 'काबुल एक्सप्रेस' मा कला निर्देशककै जिम्मेवारी निर्वाह गरे ।

सुटिङको क्रममा जोन अब्राहम र अरसद वारसीसँग अञ्जनले युद्धग्रस्त मुलुक अफगानस्तिानमा ६२ दिन बिताएका थिए ।

'बम र बारुदको आवाजसँगै त्यतिबेला जोखिम उठाएर गरेको काम भुल्न सक्दिनँ,' पहिलो फिचर फिल्ममा कला निर्देशक हुँदाको अनुभव उनले सुनाए । त्यसपछि फिल्म जगत्मा एकपछि अर्को काम पाउन थालेका छन् उनले ।

सफलता पाउँदै गएपछि हौसिएका गजुरेल मुम्बईकै मड आइल्यान्डमा जग्गा भाडामा लिएर सुटिङका लागि स्टुडियो निर्माण गर्दै छन् । झन्डै एक करोडको लगानीमा तयार हुने स्टुडियोमा उनले १५ जनालाई रोजगारीको अवसर दिएका छन् ।

कुनै समय भारतीय अभिनेत्री दीव्या भारतीबाट हदै प्रभावित पोखराकी मधु बाँस्तोला पनि बलिउडमा सफलताको सिँढी चढ्ने क्रममा छिन् । सन् १९९९ मा हिन्दी फिल्ममा कथा लेख्ने महत्त्वाकांक्षी योजना बुनेर मुम्बई आइपुगेकी मधु ११ वर्षको संघर्षपश्चात् 'क्रिएटिभ डाइरेक्टर' का रूपमा स्थापित भइसकेकी छन् । मुम्बई बस्दा उनले आफ्ना बिरामी बुवालाई उपचार गराउँदै बहिनीलाई समेत एडिटिङमार्फत फिल्मी क्षेत्रमै ल्याउने जमर्को गर्दै छिन् ।

सुनवल नवलपरासीका ४१ वषर्ीय वसन्तप्रसाद कर्माचार्य बलिउडमा नाम र दाम कमाउने अर्का नेपाली हुन् । फिल्मी जगत्मा अमिताभ बच्चनको एकक्षत्र राज भएका बेला सन् १९७९ मा पहिलोपल्ट मुम्बई आएका कर्माचार्यले वरष्िठ कलाकार प्रेमनाथको घरमा सहयोगीको काम पाएका थिए । प्रतिमहिना ५० रुपैयाँ तलब पाउने गरी उनले बिस्तारै फिल्मको प्राविधिक पक्षमा अनुभव बटुल्दै गएका रहेछन् ।

अहिले 'स्टेडिक्याम क्यामेरा अपरेटर' का रूपमा पहिचान बनाइसकेका कर्माचार्यले 'हप्ता बसुली', 'स्टन्ट म्यान', 'एक छोटी सी लभ स्टोरी', 'फास्ट फरवार्ड', 'शापित'लगायत धेरै फिल्ममा आफ्नो प्राविधिक दक्षता देखाइसकेका छन् । दक्षिण भारतमा बन्ने साना ठूला फिल्ममा पनि कर्माचार्यको माग भइरहँदो रहेछ ।

अहिले मुम्बईका कान्दिबली क्षेत्रमा आफ्नो घर बनाइसकेका कर्माचार्यले बलिउडमैं काम गर्ने हेयर स्टाइलिस्ट सीमा सावन्तलाई जीवनसाथी बनाएका छन् । उनीहरूका साथमा नौं कक्षा अध्ययनरत आहाया नामकी एक छोरीसमेत छिन् ।

यस्तै, हर्दीनेटा गुल्मीका ३३ वर्षे दीपक पन्थ बलिउडमा चम्किँदै गरेका अर्का नेपाली हुन् । टेलिभिजन च्यानलमा 'हेड अफ प्रोडक्सन्स' जिम्मेवारी सम्हाल्दै आएका उनी केही वर्षअघि सोनी टीभीको 'सोनपरी' सिरयिलको सुटिङका लागि नेपाल पुगेका रहेछन् । १८ दिनसम्म सुटिङ गर्दा नेपाली फिल्म जगत्मा पनि केही काम गर्ने सोच बनाएको उनले सुनाए । त्यस्तै, हेटौंडाका विशारद बस्नेत नाटक र विज्ञापन क्षेत्रमा क्रियाशील छन् ।

राजविराजका रञ्जित रौनियार सहायक निर्देशकको भूमिका निर्वाह गर्दै छन्, जसले 'देवदास', 'पैसा वसुल', 'काफिला', 'लभ आजकल' लगायत फिल्ममा कामको अनुभव बटुलीसकेका छन् । सोनी टीभीको 'लेडिज स्पेशल' सिरयिलको काम सकेर सहारा-१ का लागि नयाँ सिरयिल निर्देशन गर्ने क्रममा भेटिएका थिए उनी ।

बलिउडमा एसोसिएट सिनेमाटोग्राफर नवराज थापा र अहिले प्रसारति भइरहेको स्टार प्लसको 'ये रस्िता क्या कहलाता हे' टीभी सिरयिलका निर्देशक राम पाण्डे पनि सफलताको पहाड उक्लिरहेका छन् ।

यी चम्किला युवा अनुहारको जमातले के संकेत गर्छ भने 'गोर्खा' 'चौकीदार' र 'बहादुर' भनेर चिनिएका नेपालीले भारतमा बिस्तारै अब आफ्नो परचिय बदल्दै छन् । यद्यपि नेपाली भएकै कारणले बेलाबखत कतिलेे हेलाहोंचो र भेदभावको अनुभव पनि गरेका छन् जसले गर्दा उनीहरूले क्ष्ामताअनुसारको काम देखाउन सकेका छैनन् । संसारमै चर्चित बलिउडमो अनुभव सँगालेका यी पौरखीले कुनै न कुनै दिन नेपाली सिनेमालाई पनि आफ्नो कलाकारतिा चखाउलान् नै । उता हेपिएकै भए पनि यहाँ तिनलाई माया नगर्ने कोही छैन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग