Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यसरी मारीइन लक्ष्मी परियार

Published on 10:46:00 PM //

तारा प्रसाद भुसाल
२०६६ पौष २५ गते विहान १० बजे चन्द्रबहादुर वि.क.ले २ जना बालिका विष्णु रसाईली र लक्ष्मी परियारलाई तम्घासको जिप पार्कमा विस्कुट दिएर फकाई फुलाई जिपपार्क पछाडीको जंगलको खोल्सातर्पm लैजान्छ । खोल्सामा पुगेपछि निज चन्द्रबहादुर वि.क.ले दुवै बालिकालाई जबरजस्ती छोप्ने कोशिस गरेपछि विष्णु रसाईली भाग्न सफल भईन र आमा बुबालाई खबर गर्न भनि जिपपार्क तिरै निस्किइन । तर बाग्लुङ्ग घर भई अहिले तम्घासमा हजुरबुबासंग बस्दै आएका लक्ष्मी परियार जो भर्खर ८ वर्ष मात्र पुगेकी थिइन उनी भने चन्द्रबहादुरको पञ्जाबाट उम्किन सकिनन् ।
८ वर्षिय बालिकालाई १८ वर्षको चन्द्रबहादुर वि.क.ले बलत्कार ग¥यो । एकै ठाउ“मा बलत्कार र हत्या दुवै गर्दा अरुले पत्तो पाउने डरले उसले बालिकालाई घिसार्दै १ सय मिटर टाढा बा“सघारीमा पु¥यायो । लक्ष्मी परियारले सबै कुरा भनिदिने डरले उसले बालिकाको टाउकोमा धारिलो चिजले प्रहार गरि हत्या ग¥यो । त्यसको केही समयपछि विष्णु रसाईलीको खबर अनुसार खोज्दै जा“दा बालिका मृत अवस्थामा स्थानीय बासिन्दाले फेला पारे र प्रहरीमा खबर गरे ।

हत्याको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदीको टोली घटनास्थल पुग्यो । घटना स्थलमा विष्णु रसाईलीले दिएको बयानको आधारमा धुर्कोट बस्तु गाविस वार्ड नं. ९ घर भै हाल तम्घासमा बस्दै आएको चन्द्रबहादुर वि.क.को खोजी अभियान तिब्र पारियो । घटनास्थल वरपर र गाउ“मा सयौं प्रहरी परिचालन भए । खोजी कार्य तिब्र भएपछि चन्द्रबहादुर अर्खले गाविसको एक खाली घरमा लुक्न पुग्यो । घरमा लुकेर बसेको जानकारी पाएपछि स्थानीय महिलाहरुको समुहले चलाखी पूर्ण तबरले राती १० बजे पक्रन सफल भए । पक्राउका क्रममा महिलाहरुसंग चन्द्रबहादुरको सामान्य झडप समेत भयो । पं्रहरीहरु पनि त्यस क्षेत्रकै वरपर खोजीकार्यमा रहेकाले महिलाहरुले तत्कालै उसलाई प्रहरीमा बुझाए ।
२०६६ पौष २६ गते मृत बालिका लक्ष्मी परियारको पोष्टमार्टम भएपछि गाउ“ गाउ“बाट महिला अधिकारकर्मीहरुले हत्यारालाई कारवाही गर्नुपर्ने, सुरक्षाको प्रत्याभुति दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरे । यता प्रहरी हिरासतमा रहेको चन्द्रबहादुर वि.क.ले हत्या गरेको स्वीकार गरेको छ । हत्या स्वीकार गरेकाले उसलाई जनताका अगाडी ल्याएर उभ्याउनु पर्ने मागेका महिलाहरु थप आक्रोसित बन्दै गए । प्रंहरीले भने हत्या स्वीकार गरेपनि अन्य सुरक्षाको दृष्ट्रिकोणले पक्राउ गरेकालाई सार्वजनिक गर्न नमिल्ने बतायो । तर महिलाहरु आक्रोसित बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल र प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदीले महिला अधिकारकर्मीसंग बार्ता गरी ढुङ्गामुढा नगर्ने सर्तमा चन्द्रबहादुर वि.क.लाई सार्वजनिक गर्ने सहमति भयो र प्रहरीले परिषरमै उसलाई सार्वजनिक ग¥यो । तर महिलाहरुले उसलाई छि छि र दुर दुर गर्दै ढुङ्गा समेत प्रहार गरे । महिलाहरुको माग थियो हत्यारा पछि पनि जेलबाट निस्कन नपाओस र समाजको अर्को घटना पनि नघटोस त्यसैले उसलाई कडा भन्दा कडा कारर्वाही होस ।
प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदीका अनुसार बयान लिने काम पुरा भएको साथै सबुत प्रमाणहरु पनि जुटिसकेकाले हत्यारा उम्कने कुनै पनि अवस्था छैन । हत्यारालाई कानुन अनुसारको कारवाही प्रकृया अगाडी बढीसकेको पनि उहा“को दावी छ । हत्यारा चन्द्रबहादुर वि.क. अहिलेसम्म प्रहरी हिरासतमै छ भने प्रहरीले कानुनी प्रकृया अगाडी बढाएको जनाएको छ ।

Tags:

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग