Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मजुवामा रेसुंगाको शाखा

Published on 11:37:00 PM //

रेसुंगा विकास बैंकले गुल्मीको ग्रामीण बजार मजुवामा शाखा विस्तार गरी बैंकिङ कारोबार थालेको छ । ग्रामिण क्षेत्रका बासिन्दालाई बैंकिङ सुविधा र रेमिटान्स सेवा उपलब्ध गराउने उद्देश्यले तुराङ गाविस स्थित मजुवा बजारमा शाखा खोलेको हो । अध्याधुनिक बैंकिङ सुविधा भएको यो बैंकले ग्रामिण क्षेत्रको आर्थिक विकासका लागि पहिलो प्राथमिकता दिदै रोजगारीमा पनि स्थानीय जनशक्तिलाई नै प्राथमिकता दिएको बताएको छ । मजुवा शाखाले सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराउनुका साथै निःशुल्क अन्तर बैकिङ, रेमिटान्स, ग्राहकको दुर्घटना बिमा लगायत सुविधासहित ग्रामीण क्षेत्रमा प्रत्यक्ष सेवा उपलब्ध गराउने पनि जनाएको छ । जिल्ला सदरमुकाम तम्घासमा केन्द्रीय कार्यालय रहेको रेसुंगा विकास बैंकले स्थापनाको २ बर्षमै जिलाका वामिटक्सार, शान्तिपुर, खैरेनी र बलेटक्सारमा शाखा बिस्तार गरिसकेको छ । साथै बैंकले आगामी दिनमा जिल्लाका अन्य स्थानहरुमा पनि शाखा बिस्तार गर्दै जाने बताएको छ ।
(फोटोहरु भित्र छन)

फोटोहरु: तारा भुषाल

<

फोटोहरु: तारा भुषाल

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग