Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संविधान निर्माणमा दबाब अभियान

Published on 9:51:00 PM //

समयमै संविधान निर्माणका लागि अनेरास्ववियुले जिल्लाभर दबाब अभियान सञ्चालन गर्ने भएको छ । अनेरास्ववियुले जिल्लाभरका विद्यालयमा पुगेर समयमै संविधान निर्माण गर्न विद्यार्थीलाई जागरुक गराएर दबाब सुरु गरिने जनाएको छ । केन्द्रीय सदस्य हीरा एसीले दबाब अभियानमा विद्यार्थी, शिक्षक, नागरिक समाज र संविधानसँग सरोकार राख्ने सबैको सहयोग रहने बताए ।
अनेरास्ववियु अध्यक्ष रमेश काउछाका अनुसार जिल्लामा दबाब अभियानका लागि सबै विद्यालयमा पुगेर विद्यार्थीलाई पहिलो चरणमा सचेत बनाउने र जिल्लाका वीरबास, मजुवा र सिमलटारीमा माघ १० गते दबाबसभा आयोजना गरिएको बताए । पहिलो चरणको कार्यक्रम माघ २२ गते जिल्लामा सभा गरेर समापन गरिनेछ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग