Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चन्दाबाटै उच्च मावि

Published on 11:42:00 PM //

घनश्याम गौतम
उच्च शिक्षाका लागि छोराछोरीले तीन घन्टा हिंडेर छिमेकी गाविसमा पुग्नुपर्ने बाध्यता भएपछि रिमुवाका बासिन्दाले घरघरबाट चन्दा संकलन गरेर उच्च मावि चलाएका छन् ।
गाउँलेहरू संगठित भएर जनज्योति माविलाई उच्च मावि बनाएका हुन् । उच्च मावि सञ्चालनका लागि गाउँका झन्डै ४ सय घर परिवारले १८ लाख बढी रकम संकलन गरेका छन् ।
भदौदेखि सुरु उच्च माविमा १७ छात्रा र १५ छात्र अध्ययनरत छन् । गाउँमा उच्च मावि नहुँदा यसअघि विद्यार्थी तीन घन्टा पैदल हिंडेर बम्घा गाविसको रानीबास, हंसरा र अस्लेवा गाविसमा अध्ययनका लागि पुग्न बाध्य थिए । गाउँबाटै उच्च मावि सञ्चालनको आग्रह भएपछि रकम संकलन गर्ने अभियान चलाइएको व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर रेगामीले बताए । उच्च मावि सञ्चालनका लागि ४ सय परिवारले १ हजार देखि २० हजारसम्मका दरले १३ लाख संकलन गरेका थिए ।

त्यस्तै गाउँकै हरिप्रसाद पौडेलले १ लाख ५५ हजार, भीम पौड्यालले १ लाख ५१ हजार, मोतिराम दंगालले ५१ हजार, भीमबहादुर रेगामी र वेदबहादुर दर्लामीले २५/२५ हजार चन्दा सहयोग र पूर्वप्रअ हरिकुमार शर्माले विद्यालयको भवन निर्माणका लागि जग्गा प्रदान गरेको अध्यक्ष रेगामीले बताए ।

'गाउँलेकै चाहनाले उच्च मावि खोलिएकाले सबै गाउँलेको सहयोग भयो', उनले भने, 'गाउँमै उच्च मावि चलेपछि विद्यार्थीलाई पढ्नकै लागि दैनिक ३/४ घन्टा पैदल हिंड्नुपर्ने बाध्यता टरेको छ ।'

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग