Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गगनशिला खड्का

Published on 3:36:00 AM //

चोरीको अभियोगमा मुछिएका माओवादीका प्लाटुन उपकमान्डरसहित चारजनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत गुल्मीले शुक्रबार आदेश दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार झन्डै एक महिनाअघि पक्राउ परेका हाडहाडे गाविस-१ का 'शीतल' भनिने गोपाल नेपाली र मैते नेपाली, हाडहाडे-४ का अनिल बस्नेत र हेमन्त भलामीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो ।
उनीहरूले पुर्कोटदह गाविसका ढालबहादुर रावतको घरमा चार लाख, जैसीथोक गाविसको गोमा भण्डारीको होटलमा बास बसी सोही होटलमै बास बसेकाका गहना, होटलको नगद एक लाख ५० हजारसमेत गरी झन्डै तीन लाख, अर्घाखाँचीको खनदह गाविसका भागीरथ खनाल, इन्द्रमणि बञ्जाडे, पदम भुसालसमेतको गरी चार लाख ५० हजार लुटेका थिए ।

पक्राउ परेकामध्ये गोपाल नेपाली जनमुक्ति सेना नेपालको पाँचौँ डिभिजनका प्लाटुन उपकमान्डर हुन् । परिचयपत्र नं. १७६० रहेका नेपालीले आफू अनमिनको प्रमाणीकरणमा परेको बताए । उनीसँगै रहेको परिचयपत्रमा अनमिनले आरपिएल १००१३१० नम्बर उल्लेख गरेको स्टिकर लगाएको छ । कारागार चलान भएका चारैजना गुल्मी र अर्घाखाँचीका विभिन्न स्थानमा डाँका चोरी गर्दै हिँड्ने ठूलो गिरोहमध्येका हुन् । नौजनाको समूह रहेका उनीहरूमध्ये पाँचजना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग