Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी अस्पतालका डाक्टर आन्दोलनमा

Published on 3:39:00 AM //

कर्मचारीमाथि हातपात भएको भन्दै जिल्ला अस्पताल गुल्मीका कर्मचारीले बिहीबार आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन् । बिरामीको नाम दर्ता गराउने क्रममा विवाद हुँदा तम्घास अस्पतालका कार्यालय सहायक यमलाल पाण्डेलाई बडागाउँ-६ का चतुरमान टमाटाले हातपात गरेको भन्दै कर्मचारीले सेवा बन्द गरेका हुन् ।
बिहीबार १२ बजेदेखि अस्पतालका डाक्टर आन्दोलनमा उत्रिएर काम बन्द गरेपछि नाम दर्ता गराएर बसेका बिरामी उपचार नगरी घर र्फकन बाध्य भएका छन् । डाक्टरलगायत कर्मचारीले टमाटालाई कारबाही नभएसम्म सेवा सञ्चालन नगर्ने बताए ।
दुर्घटनामा एउटा खुट्टा गुमाएका टमाटाले भने आफू अपांग भएकाले समयमा सेवा पाउनुपर्ने माग गर्दा कार्यालय सहायक यमलाल पाण्डेले आफूलाई हातपात गरेको आरोप लगाएका छन्
। उनले अपांगलाई सेवा दिन माग गर्दा हातपात गरेकोले कर्मचारी पाण्डेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
नयाँपत्रीकाबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग