Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पूर्वउपकमान्डरसहित चार पक्राउ

Published on 4:14:00 AM //

जनमुक्ति सेना पाँचौँ डिभिजनका पूर्वप्लाटुन उपकमान्डर गोपाल गैरे शीतलसहित चारजनालाई लुटपाट र चोरीको आरोपमा गुल्मी प्रहरीले पक्राउ गरेको छ ।
पाँच महिनादेखि गुल्मीका विभिन्न ठाउँमा लुटपाट र चोरी गरेको आरोपमा पक्राउ परेका चारैजनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा शीतलसहित गुल्मी हाडहाडे— १ का मैतबहादुर नेपाली, सोही गाविसका अनील बस्नेत र हेमन्त भलामी छन् । सो समूहमा सक्रिय रहेका अन्य पाँचजना भने फरार रहेको प्रहरी नायब उपरीक्षक पदमप्रसाद सुवेदीले बताए ।
गत १७ असोजमा गुल्मी पुर्कोटदहका ढालबहादुर रावतको पसलबाट चार लाख, जैसीथोककी गोमा भण्डारीको पसलबाट एक लाख पचास हजार, अर्घाखाँची खनदहका भगीरथ खनाल, इन्द्रमणि बन्जाडे र पदम भुसालबाट चार लाख पचास हजार लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

उनीहरूबाट प्रहरीले एकथान नक्कली पेस्तोल, तीनथान खुकुरी र केही भारतीय रुपैयाँसमेत बरामद गरेको छ । गुल्मीमा लुटपाट, चोरी र बलात्कारका घटना बढेपछि सक्रियता बढाइएको प्रहरीले बताएको छ ।
नयाँपत्रीकाबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग