Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माघे संक्रान्ति मेला सुरु, रिडीमा तिर्थालुहरुको घुँईचो

Published on 3:17:00 PM //

यज्ञमूर्ति तिमिल्सिना
आज माघे सक्रान्ति पर्व, गुल्मीको रिडी स्थित कालीगण्डकी नदीमा स्नान गर्ने धर्मालम्वीहरुको विहानैदेखि घुईँचो लागेको छ। यसवर्ष मकर सक्रान्ति, औँशी तीथि र सुर्यग्रहण पनि एकैदिन परेकाले हजारौँको सख्यामा तिर्थालु भक्तजनहरुले रिडीको कालीगण्डकी नदीमा स्नान गर्ने, अर्घ दिने र सुर्यको दर्शन गर्नेहरुको भिड्भाड छ।
मकर सक्रान्तिको दिन देवताहरु गण्डकी नदीमा आई स्नान गर्ने धार्मिक जनविश्वास अनुसार हरेक वर्ष आजकै दिन तिर्थालु भक्तजनहरु सो स्थानमा स्नान गर्ने गर्दछन्। गुल्मी, पाल्पा र स्याङ्गजा जिल्लाको संगम स्थलको रुपमा रहेको रुरुक्षेत्र रिडीमा अहिले विहानैदेखि दर्शनार्थीहरुको निक्कै घुईँचो लागेको छ। गंगाको पानीले स्नान गरेपछि पुण्य लाभ हुने धार्मिक विश्वासका साथ यस क्षेत्रमा दर्शनार्थीहरुको घुईँचो लागेको हो। विशेष गरी मगर तथा थारु समुदायको मुख्य पर्वको रुपमा रहेको माघे सक्रान्ति पर्व हाल आएर नेपालका सवै जातजातीहरुले आफ्नै पर्वको रुपमा लिई सवैले आ–आफ्नै परम्परा अनुसार मनाउने गर्दछन्।

वनजङ्गलवाट संकलन गरी ल्याईएको फलफुलहरुको परिकार, खिचडी, दही चिउरा खाने र रमाईलो गरी मनाईने परम्परा रहेको छ। यस समुदायका मानिसहरुले यस पर्वलाई मुख्य चाडको रुपमा लिने गर्दछन्। श्रृद्धालु भक्तजनहरुको भिड्लाई मध्यनजर गरी रिडी जाने आउने सवारी साधनमा समेत थप गरिएको पश्चिम नेपाल वस व्यवसायी समितिले जनाएको छ। सदरमुकामवाट छुट्ने सवारी साधनहरुमा यात्रुहरुको निक्कै भिड् देखिन्छ। यातायातका सवारी साधनहरुको छटमा समेत वसेर यात्रा गरिरहेका छन्।
पाँच दिनसम्म चल्ने मेलामा हस्तकला, कृषी प्रदर्शनी, मनोरञ्जनात्मक वाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति समेत रहने मेला आयोजक समितिले जनाएको छ। त्यस्तै गुल्मीकै वलिथुम, नेटा लगायतका विभिन्न क्षेत्रहरुमा पनि आज महोत्सव तथा विविध कार्यक्रमहरु सञ्चालन भईरहेका छन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग