Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भावुक बमबहादुर

Published on 4:11:00 AM //

घनश्याम गौतम
गृह जिल्लामा आएका लोकगायक बमबहादुर कार्कीलाई हेर्न दर्शकले निकै तँछाडमछाड गर्नुपर्‍यो । शनिबार तम्घासको चिदीचौरमा रेसुंगा युवा क्लबले गरेको स्रष्टासम्मान तथा कन्सर्टमा सम्मानित भएपछि कार्कीले लोकपि्रय गीत 'डाँडैको देउराली...' जब गाए, त्यसपछि दर्शक भावुक बने । अरू चर्चित गीत गाए पनि विरहका गीत गाउँदा बमबहादुर स्वयं भावुक भइरहेका थिए ।
अधिकांश गीतमा दर्शकबाट ताली र वाहवाही मिल्यो । उनलाई मिलन लामा, रामचन्द्र कापmले, राधिका हमाल, आगन्तुक खरेललगायतले साथ दिएका थिए भने स्थानीय कलाकार सन्तु थापा, मनिता थापा र हास्य कलाकार शुलेमान शंकर 'इकु' को प्रस्तुतिमा दर्शक निकै रमाए । कन्सर्ट हेर्न गाउँ-गाउँबाट आएका पारखीहरूको भीड तम्घास चिदीचौर भरिभराउ थियो ।
कार्कीसँगै पढेका परशुराम अर्याल प्रजिअ भएर जिल्लामा आएका थिए, आफ्नै साथीको गीत सुनेर उनी पनि भावुक भए । 'म झन् भावुक छु,' सहपाठी भेटिएपछि कार्कीले मुख खोले, 'हामी सँगसँगै पढेका, भेट हुन्छ भन्ने कल्पना पनि थिएन ।'


सँगै स्टेमा देखिएका प्रजिअ अर्यालले कार्कीसँगकै अर्को संयोग सुनाउँदा दर्शकहरू पनि अचम्म परे । अर्यालले 'दुवैको सरकारी सेवामा एकै दिनको नियुक्ति' भएको सुनाए । दुवैको नियुक्ति २०३९ चैत ६ गते शाखा अधिकृतको रूपमा भएको थियो, कार्की सञ्चार मन्त्रालयमा र अर्याल शिक्षा मन्त्रालयमा । अहिले दुवै उपसचिव छन् । गीतबाट मात्रै चिनिएका कार्कीको प्रशासकीय चिनारी पनि थाहा पाएपछि दर्शक झन् रमाए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग