Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रामकुमारीको बिहे हुँदै

Published on 6:29:00 PM //

भवानीश्वर गौतम
(नयाँपत्रीकाबाट)
अनेरास्ववियु अध्यक्ष रामकुमारी झाँक्रीको बिहेको साइत जुरेको छ । विद्यार्थी आन्दोलनकी नेत्री झाँक्रीले सरकारी जागिरे पशुपति पुरीलाई जीवनसाथी रोजेकी छिन् । रामकुमारी र पशुपतिको ६/७ वर्षदेखि चिनजान थियो । पछिल्ला केही वर्षयता उनीहरूबीच प्रेम चलेको थियो । २९ माघमा प्रज्ञा प्रतिष्ठानमा उनीहरूको बिहे हुदै छ । पशुपति जिल्ला विकास समिति, ललितपुरमा योजना अधिकृत छन् । उनी बढुवा हुन उपसचिवको परीक्षा दिने तयारीमा छन् ।
पश्चिम गुल्मीकी रामकुमारीलाई बिहे गर्ने पशुपति पूर्व धरानका हुन् । तर, अहिले उनी काठमाडौं बानेश्वरका स्थायी बासिन्दा हुन् । रामकुमारी भने भाइ-बहिनीसँगै बुद्धनगरमा बस्दै आएकी छिन् ।
पशुपतिका अभिभावक काठमाडौंमै छन् भने रामकुमारीका गुल्मी पुर्कोटदहमा छन् । तर, बिहेका लागि उनीहरू पनि काठमाडौं आउँदै छन् ।

रामकुमारीले बिहेलाई सामाजिक परम्पराको निरन्तरता ठानेकी छिन् । 'यो कुनै अनौठो होइन, सामाजिक मूल्य-मान्यताभित्रकै कुरा हो,' उनले नयाँ पत्रिकासित भनिन् । तर, बिहेका बारेमा उनी थप बोल्नै चाहिनन् ।
रामकुमारीको बिहेका लागि एमालेका युवानेता तथा कार्यकर्ता जुटेका छन् । तर, साधारण शैलीमा औपचारिक बिहे गर्ने तयारी भइरहेको छ ।

रामकुमारीले कक्षा ७ मा पढ्दा ०४७ सालतिरै विद्यार्थी राजनीति सुरु गरेकी हुन् । उनले अनेरास्ववियुमा महिला विभाग प्रमुख, प्रचार विभाग प्रमुख तथा उपाध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेकी छिन् । अघिल्लो वर्ष असोजमा पोखरामा भएको राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

जुझारु विद्यार्थी नेताका रूपमा चिनिन्छिन् रामकुमारी । संघर्षकै कारण उनले विद्यार्थी राजनीतिमा सफलता पनि पाएकी छिन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग