Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमानको भन्दा श्रीमतिको कमाई धेरै

Published on 3:47:00 AM //

सदरमुकाम तम्घासबाट १५ किलोमिटरको दुरीमा रहेको गौडाकोट गाविस-३ का र्फसबहादर तङ्नामी अहिले रोजगारीका लागि मलेसिया पुगेका छन् । मलेसियामा उनको तलब मासिक ८ हजार रूपियाँ छ । तर उनीकी श्रीमति छबिकला तङनामी अहिले घरमै बसेर मासिक १५ हजार भन्दा बढी आम्दानी गरिरहेकी छन् ।
गौडाकोटकै तारा भुसालको पनि मासिक आम्दानी झण्डै १३ हजार छ । त्यस्तै तिलकुमारी उचैको पनि मासिक आम्दानी झण्डै १० हजार छ । श्रीमान्को कमाई राम्रो नभएपछि तरकारी खेतीमा लागेकी उनको परिवारै तरकारीबाटै धानिएको छ । त्यस्तै गौडाकोटकै उर्मिला सुवेदीको पनि मासिक आम्दानी १४ हजार भन्दा बढी नै छ । श्रीमानका् आम्दानी प्रयोग गर्न नपाएपछि उनले तरकारी खेती शुरू गरेकी हुन् । उनका श्रीमान् अहिले अर्की श्रीमति विहे गरेर छुट्टै बसेका छन् तर तरकारी खेतीले अहिले उनलाई सम्पन्न बनाउँदै छ ।

गौडाकोट गाविसमा तङनामी, भुसाल, सुवेदी र उचै मात्र होइन । यस गाविसका २, ३ र ४ वार्डका सबै महिला २२ समुहमा आबद्ध छन् । खानेपानीको समेत समस्या भएको यो गाउ“का तिन वटै वार्डमा कुनै जग्गा बाँझो छैन् । सबैका बारी र ढिकमा कतै सुन्तला, कतै टमाटर, खुसानी, केराउ लटरम्मै फलेका छन् । महिलाहरू नै मिलेर गाउँमा अन्य खेतीको तुलनामा व्यवसायीक र छिटो आम्दानी दिने खेती र नया“ प्रविधि खोज्दै काम गर्दै गरिरहेका छन् । तरकारीको सिंचाईका लागि घर घरमा प्लाष्टिक पोखरी निर्माण गरिएको छ ।
तिन गाउ“मा टमाटर उत्पादनका लागि मात्र २१ टनेल निर्माण भएका छन् । छबिकला तङनामीका अनुसार टनेल भन्दा बाहिर टमाटर खेती गर्नेहरूको संख्या पनि उत्तिकै छ । महिलाहरूलाई व्यवसायीक बनाउन र आयमुलक खेतीमा अग्रसर गराउने उनी गाउ“की पहिलो महिला पनि हुन् । ँहामी महिला दिदी बहिनी २२ समुहमा आबद्ध भएका छौं । उनले भनिन, प्रत्येक २० जना महिलाको एउटा समुह हुन्छ । महिलाहरू मासिक रूपमा भेला हुन्छन र तरकारी खेतीमा आईपरेका समस्याका बारेमा एक अर्कामा छलफल गरेर समस्याको समाधान गर्छन । गाउँका अधिकांश पुरूष कमाईका लागि विदेश पुगेका छन् ।
२०६४ सालदेखि तरकारी खेती गरेका तङनामीका बारीमा अहिलेपनि टमाटर, केराउ, स्थानीय गोभी, गा“जर, बन्दा, साग लगायतका तरकारी फलेका छन् । २ वटा टनेलमा फलेका टमाटरबाट मात्र ४० हजार आम्दानी गरेको उनले बताईन । तरकारी खेतीबाटै राम्रो आम्दानी भएपछि उनले ४ रोपनी जग्गा बाषिर्क ५ हजारमा भाडामा लिएकी छन् । त्यही जग्गाबाट उनको आम्दानी बाषिर्क २ लाख पुग्छ ।
त्यस्तै तारा भुसालको बारीमा पनि टनेल भित्र टमाटर फलिरहेका छन् भने बाहिर स्थानीय काउली, केराउ, साग, बन्दा, सुन्तला लटरम्मै फलेका छन् । गाउ“मा पुरूष नभएपनि गाउ“का अधिकांशका बारी तरकारी र फलफुलले भरिन थालेको स्थानीय लक्ष्मी भुसालले बताए । भुसालका अनुसार १७ महिलाले प्लाष्टिक टनेल नै निर्माण गरेर टमाटर खेती गरिरहेका छन् । अन्य व्यवसायीक तरकारी खेती गर्ने भने ४ सय घर धुरी पुगेको उनले बताए ।
तरकारी खेतीमा मात्र होइन । दैनिक आम्दानी हुनेभएपछि अहिले गाउँका महिलाहरू व्यवसायीक दुध उत्पादन तर्फ पनि लागेका छन् । दुध उत्पादनका लागि नवलपरासी पुगेर ५ वटा जर्सि गाई ल्याएको र थप ल्याउने तयारी भैरहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख तुलसी भण्डारीले बताए । गौडाकोट गाविसबाट अहिले दैनिक ८० लिटर दुध सदरमुकाम तम्घासमा आउने गरेको मैत्री डेरीका नवराज भुसालले बताए । दैनिक आम्दानी हुन थालेपछि यहा“का थानपति, बलेटक्सार, बम्घा, रूरू, दिगाम, गौडाकोट, जैसीथोक, सिमिचौर लगायतका दर्जन भन्दा बढी गाविसमा दुधको व्यवसायीक कारोबार शुरू भएको छ । जिल्लामा अहिले दैनिक झण्डै १ हजार लिटर दुध उत्पादन हुन थालेको प्रमुख भण्डारीले बताए ।
नयाँभावना दैनिक बाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग